भाद्र १० गते २०८०

पाठेघरको क्यान्सर जाँचमा ८० भन्दा वढी महिलाहरु लाभान्वित

पोखरा १०, भदौ
कमल पौडेल अथक
बुहारी समूह तेर्सापट्टी पोखरा ३ ले शनिवार आयोजना गरेको पाठेघरको मुखको क्यान्सर जाँचमा ८० भन्दा वढी महिलाहरु लाभान्वित भएका छन् ।
नेपाल परिवार नियोजन संघ कस्की र बिद्याज डाइट एण्ड फिटनेस् सेन्टर नयाँ वजार पोखराको सहयोगमा सो कार्यक्रम भएको हो ।
सो अवसरमा भीआइए, मोटोपना, सुगर थाइराइड र कोलेस्टोर समेत जाँच गरिएको बरिष्ठ आहार परामर्शक श्री विद्या कायस्थले जानकारी दिएकी छन् ।


बुहारी समूहका अध्यक्ष निलम उदासको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रकाश उदास, परिवार नियोजन संघका अध्यक्ष नवीन सिग्देल, वरिष्ठ आहार परामर्शक श्रीविद्या कायस्थ, परिवार नियोजन संघका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी लगायतले वोलेका थिए ।
समूहले सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गरेको अध्यक्ष उदासले जानकारी दिएकी छन् ।