श्रावण ८ गते २०८०
साउने सोमवार (फोटो फिचर)
साउन,पोखरा
साउन भन्ने बित्तिकै सबैको मनमनमा शिवको आभाष हुने गर्दछ, शिवजी सँग जोडिएको महिना पनि हो साउन । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती रहेको छ ।
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

यसपटक साउनको पहिलो सोमवार साउन १ गते परेको थियो। यस हिसाबले यो वर्ष साउनमा ५ वटा सोमबार परेको छ।
पोखरा केदारेश्वर मन्दिर परिसरका केही झलक