असार १७ गते २०८०
सुन आयातमा १५ प्रतिशत भन्सार कर खारेज गर्न व्यवसायीको माग
समयदृष्टि सम्वाददाता
पोखरा १७, असार
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सरकारले सुन आयातमा लगाउने भनेको १५ प्रतिशत भन्सार कर खारेज हुनुपर्ने माग गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीको सातौं बार्षिक साधारण सभाको शनिवार पोखरामा उद्घाटन गर्दै अध्यक्ष शाक्यले सो कुरा वताएका हुन् ।
उनले राज्यले व्यवसायीलाई हेर्ने दृष्टिकोण गलत भएका कारण नेपालको सुन वजार सिधै तस्करको हातमा जाने खतरा रहेको वताए । १५ प्रतिशत भन्सार कर र २ प्रतिशत विलासी करले भारतीय सुन व्यापारी मालामाल हुने र नेपाली परम्परागत व्यवसायीको उठीवास लाग्ने उनले वताए ।
अरबौंको लगानी सहित २ लाख बढी श्रमिकले रोजगार पाएको सुन बजार कारोवार सम्वन्धी आवस्यक ऐन नहुँदा व्यवसायीहरु मर्कामा परेको उनले वताए । कर खारेजी र ऐन निर्माणको वारेमा अर्थमन्त्री सँग भेटेर महासंघले कुरा राखेको र त्यसको प्रगति छिट्टै हुने उनले जानकारी दिए । चोरीको सुन खरिद विक्रीमा सचेत रहँदै व्यवसायीहरु उपभोक्तामैत्री हुनु पर्नेमा अध्यक्ष शाक्यले जोड दिए ।
प्रदेश अध्यक्ष चन्द्रकिशोर गौतमले सुन व्यवसायीका समस्यामा राज्य गैर जिम्मेवार रहेको अरोप लगाए । उनले अनुगमनकारी निकाय व्यवसायीको हक हितमा भन्दा व्यवसायीलाई तर्साउन उद्धत रहेको बताए ।
उपभोक्ता मञ्च कास्कीका सचिव एवं नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले देशको अर्थतन्त्र ओरालो लागेको अवस्थामा व्यवसायीहरुले उपभोक्ताका अधिकारलाई सम्मान गर्नु पर्ने वताए । उनले सुनका गरगहना विक्रीमा लगाईने ज्याला, जर्तिमा एक रुपता हुनु पर्नेमा जोड दिए ।
संघ कास्कीका अध्यक्ष राजेशमान वुद्धाचार्यले व्यवसायीका हक हितकोलागि संघले उल्लेख्य भूमिका खेलेको वताउँदै व्यवसायीहरु पनि इमान्दार भएर अगाडि वढ्न आग्रह गरे ।
कार्यक्रममा सल्लाहकार बुद्धीवहादुर गहतराज, उपाध्यक्ष निर्मल विश्वकर्मा, दुर्गावहादुर सुनार, केन्द्रीय सदस्य निर्मल दियाली विश्वकर्मा, कानुनी सल्लाहकार राधा शर्मा, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान वुद्धाचार्य, महासचिव वलराम अचार्य, पर्यटन तथा घरेलु उद्योग कार्यालयका अधिकृत कमल केसी, संघका पर्वत अध्यक्ष ठाकुर बी पोखरेल, तनहुँ अध्यक्ष विकास सुनार, र संघका महासचिव तारा गौतम सुनार लगायतले वोलेका थिए । कार्यक्रममा महासचिव र कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित भएको महासचिव तारा गौतम सुनारले जानकारी दिएका छन् ।