असाेज १८ गते २०७६

नयां सभामुखमा हरिवोल गजुरेल र अग्नी सापकोटाको चर्चा

कृष्ण बहादुर महरालाई यौन काण्डको आरोप लागेपछि महरालाई तत्काल राजीनामा दिन नेकपा सचिवालयले निर्णय गर्यो।महराले पनि राजीनामा उप सभामुखलाई सम्वोधन गरेर दिए।अव संसदमा सभामुखको पद रिक्त भएको छ।

कानुनविदहरूले राय, आरोप लाग्दैमा महराले हतारमा राजीनाम दिन आवश्यक थिएन।यद्दपी महराले उच्च नैतिकता पस्तुत गर्दै राजीनाम दिए।

सभामुख पद आफै राज्यको पाचौं बरियाताको पद हो।सत्ता संचालनको क्रममा सभामुख पदको बाडांफाड गर्दा तत्कालीन माओवादीको भाग परेको थियो।उपसभामुख भने तत्कालिन एमालेको भागमा परेको थियो।

अहिले बजारमा नयां सभामुख को बन्ने भन्ने बारे चर्चा चलेको छ।नेकपा भित्र महरा प्रचण्डका विश्वास पात्र थिए।अव विषय प्रष्ट छ,सभामुखमा प्रचण्ड आफ्नै विश्वासका पात्र राख्नेमा दुईमत छैन।नेकपा स्थायी कमिटीमा सरकारी पदविहिन रहेका प्रचण्डका विश्वासका पात्र हरिवोल गजुरेल र अग्नी सापकोटा हुन।संभवत स्थायी समिति बाट सभामुख बनाउने अवस्था आएमा स्वभाविक हकदार हुन्छन,गजुरेल र सापकोटा।पोलिट ब्युरोमा गएको खण्डमा पुर्वसभामुख ओनसरी घर्ती सभामुखको प्रमुख दावेदार हुन।