असार १३ गते २०८०

एक दिने निस्शुल्क स्वास्थ्य सिबिर तथा स्वास्थ सचेतना कार्यक्रम सम्पन्न

 

१२ असार ,पोखरा
धन बहादुर तामाङ
बिन्धबासिनी टोल विकास संस्था को ब्यबस्थापनमा र सार्दिखोला स्वास्थ्य चौकी को आयोजनामा यस कास्की जिल्ला माछापुच्छ्रे गाउ पालीका वडा नं।२ बाँझोखेत स्थित बौद्ध तामाङ समाजको भवनमा सन्चालन गरिएको यस एक दिने ल्याब सहितको स्वाथ्य शिबिर कार्यक्रममा स्वास्थ चौकीको इन्चार्ज शिब दाहाल लागाएतको स्वास्थ्य टोली खटिएको थियो भने कार्याक्रम ब्यबस्थापन गर्न बिन्धबासिनी टोल विकास संस्थाका अध्याक्ष टेक रान र सचिब श्यामकुमार ताम्राकारको टिम खटिनु भएको थियो।
कार्यक्रम लाई स्वास्थ संस्थाका इन्चार्ज शिब दाहाल ले सम्भोधन गर्नू हुदै समुदायमा कस्ता खाल्को रोगहरु सजिलै सर्छ र कस्ता खाल्का रोगहरु सर्दैन भन्ने बारे उपस्थित सबैलाई जानकारी दिनुभएको थियो ।
यस निसुल्क स्वास्थ शिबिरमा अधिकांस बृद्द बुवाआमाहरुको उपस्थीत भएको र करिब ७५ जनाले आफ्नो स्वास्थ परिक्षण गर्नू भएको थियो,उक्त स्वास्थ परिक्षणमा खासै खतरनाक र अप्ठ्यारो हुने किसिम को समस्या नभेटिएको सार्दिखोला स्वास्थ्य चौकीको प्रमूख शिब प्रसाद दाहाल ले जानकारी दिनुभयो।
कार्याक्रमलाई यस बिन्धबासिनी टोल बिकास संस्थाका अध्याक्षले आफ्नो मन्तब्य राख्दै फेरि पनी बिभिन्न प्रकारका स्वास्थ्य सम्बन्धि यस्तै स्वास्थ्य शिबिरको आयोजना र ब्याबस्था गरि टोल र समुदायको बालक देखि बृद्दहरु सम्मको स्वास्थ्यमा सहयोग पुर्याउन अघी बड्ने बाचा दिदै कार्याक्रम सम्पन्न भएको हो।