जेठ २५ गते २०८०
गण्डकी प्रदेशका १३ वटा सरकारी विद्यालयको असल अभ्यास प्रस्तुति तथा छलफल
कमल पौडेल अथक
पोखरा २५, जेठ
गण्डकी प्रदेशका १३ वटा सरकारी विद्यालयको असल अभ्यास प्रस्तुति तथा छलफल गरिएको छ । शिक्षा विकास निर्देशनालय गण्डकीको आयोजनामा विहीवार सो प्रस्तुति तथा छलफल गरिएको हो ।
नमूना विद्यालय बनाउन अभ्यास गरिरहेका विद्यालयहरुको तर्फबाट राखेको प्रस्तुति अन्य विद्यालयका प्रधानाध्यापक वा प्रतिनिधिले सुनेर छलफल गरेका छन् ।
छलफलमा उनीहरुले विद्यालयको विगतको अवस्था र अहिले सुधार गरेपछिको अवस्थाको वारेमा समेत गहन छलफल गरेका छन् ।
सो प्रस्तुति तथा छलफल कार्यक्रमलाई सम्वोधन गर्दै शिक्षा विभागका महानिर्देशक चुडामणि पौडेलले विद्यालय नमूना बन्नको लागि भौतिक पूर्वाधार, असल वातावरण र शैक्षिक गुणस्तरको तालमेल मिल्न जरुरी रहेको बताए । उनले विद्यालयको प्रगति संग संवन्धित विद्यालयको प्रधानाध्यापक बढी सक्रिय हुनु पर्ने बताए ।
सरकारले शिक्षामा प्रसस्त लगानी गरेको र लगानी अनुसारको प्रतिफल भेट्टाउन अझै कठिन रहेको उनको भनाई थियो । उनले देशमा शैक्षिक जनशक्ति अड्याउन सरकारको तर्फबाट ५ सय बढी प्राविधिक शिक्षालय स्थापना गरेको वताए ।
तर ती विद्यालयहरुको ४५ प्रतिशत अकुपेन्सी रहेपनि हाल २५ प्रतिशत मात्र आपूर्ति भइरहेको वताए । विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र अविभावकको सहकार्यमा मात्र गुणस्तरीय शिक्षाको गति अगाडि वढ्ने उनले दावी गरे ।
शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त निर्देशक अम्बिकाप्रसाद आचार्यले गुणस्तरमा लैजानको लागि विद्यालयहरु सक्रीय हुनु पर्ने वताए । उनले आधुनिक प्रविधिको प्रयोग गर्दै कसरी समय सापेक्ष शिक्षा दिन सकिन्छ भन्नेवारे चिन्तन गर्ने हो भने सफलता स्वतः हात लाग्ने वताए ।
यो प्रस्तुति पनि हाम्रो फरक खालको अभ्यास हो, निमित्त निर्देश अचार्यले भने– यसले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा गरिएका प्रयासको उजागर गर्ने र अन्य विद्यालयलाई हौसला प्रदान गर्दछ ।
सो अवसरमा उपसचिव द्धय मोतिलाल शर्मा र नारायणप्रसाद पौडेलले विद्यालयको सिकाइ सहज र सरल वनाउनु पर्ने वताए ।