माघ १२ गते २०७७
नारायण वाग्ले भन्छन् तेस्रो जनआन्दोलन सुरू भयो
काठमाडौं, १२ माघ ।
लेखक तथा पत्रकार नारायण वाग्लेले शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले दमन गरेको बताएका छन्। आज बालुवाटारमा नागरिक आन्दोलनमाथि प्रहरीले लाठीचार्ज र पानीका फोहरा हान्दा केही मानिस घाइते छन्।
‘हामी शान्तिपूर्ण तवरले धर्ना दिइरहेका थियौं। हामीले भद्र अवैज्ञा आन्दोलन लिड गरिराखेका थियौं। हामीमाथि जुन बर्बर दमन भयो विना सूचना,’ वाग्लेले भने, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ भनेर पहिल्यै प्रहरीलाई भनेको थिएँ। हाम्रो साथीहरूसँग ढुंगा पनि थिएन।’
आफूहरूमाथि दमन भएको भन्दै वाग्लेले थपे, ‘जुन तरिकाले हामीमाथि दमन भयो, अब तेस्रो जनआन्दोलन सुरू भयो।’ सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो।