चैत्र १९ गते २०७९

कार्कीनेटा सम्पर्क समाज पोखराको अध्यक्षमा घिमिरे

चैत १८,पोखरा

कार्कीनेटा सम्पर्क समाज पोखराको छैटौ साधारणसभा तथा चांैथो अधिवेशन बाट केशव घिमिरे अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार भएको अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा हरिप्रसाद शर्मा, उपाध्यक्षमा शिव प्रसाद पौडेल, सचिवमा धनप्रसाद शर्मा, कोषाध्यक्षमा पदम श्रेष्ठ, सह–सचिवमा राधिका शर्मा र सदस्यहरुमा भरतप्रसाद पौडेल, कमला श्रेष्ठ, नारायण प्रसाद पौडेल, प्रकाश शर्मा, करिश्मा शर्मा बराल, लक्ष्मी अर्याल, अशोक पौडेल सर्वसम्मत निर्वाचित भएका हुन् ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष घिमिरेले सम्पर्क समाजको स्थापनाको उद्देश्य अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
उद्घाटनसत्र कार्यक्रमका प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले पानसमा दियो बालेर कार्यक्रमको उद्घाटन तथा केशव घिमिरेको कार्कीनेटा विषेश गीत बजाएर गीतको सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्दै नगरप्रमुख तिवारीले कार्कीनेटावासी र आफ्नो सम्बन्ध वडा सचिव भएदेखि अझै प्रगाढ रहेको बताउँदै कार्कीनेटाको विकासमा कुनै कसुर नराखी काम गर्ने बताए । कार्कीनेटावासीहरु प्रति आभार तथा धन्यवाद प्रकट गर्दै विगतबाट नै आफू ऋणि भएको त्यसलाई आफ्नो कार्यकालमा ऋणको भार काम गर्ने जानकारी गराएका थिए।
त्यसैगरी उनले पूर्व संस्थापक नगरप्रमुख पदमपाणी शर्माले गरेका विकाशका योजनालाई निरन्तरता दिनको लागि आफु अगाडि बढेको जानकारी गराए । उक्त कार्यक्रममा फलेवास नगरपालिका वडा नं। १ कार्कीनेटाका वडा अध्यक्ष चोलाकान्त पाध्या, पूर्व वडाअध्यक्ष बाबुराम शर्मा, कार्कीनेटा सम्पर्क समाजका निवर्तमान अध्यक्ष रामचन्द्र शर्मा ९आरसी०, संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेमप्रसाद शर्मा, सल्लाहकार तथा पूर्व अध्यक्ष प्रदीप पौडेल, सल्लाहकार ईन्द्र प्रसाद शर्मा, कार्कीनेटा दिदीबहिनी समूहकी अध्यक्ष दुर्गा कुमारी बराललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शिवप्रसाद शर्माले सचिवको प्रतिवेदन र पदम श्रेष्ठले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष सीता शर्माको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा छैटौं साधारणसभाको सचिव शिवप्रसाद शर्माले सञ्चालन गरेका थिए।