गोविन्द तिमिल्सिना
हेमजा, ९ फागुन
आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ । मंगलबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर रहनु भएको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ ।
भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा बित्तीय संघ संस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्बिन थापा, प्रचार प्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी ¥याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमिति जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्कीले पाउनु भएको छ ।
Exif_JPEG_420
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको थियो । कोरोना भाइसरको संक्रमणका कारण बिगत ३ बर्षदेखि स्थगित भएको महोत्सव यस बर्षदेखि निरन्तर दिन लागिएको हो ।
क्लबका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गरेका थिए ।
पोखरा, १२ कार्तिक ।एकीकृत समाजवादी पार्टी कास्कीका सचिव होमबहादुर नेपाली नेकपा एमालेमै फर्किएका छन् । उत्पीडित जातीय मुक्ति समाज, निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नं. २ ले शनिवार आयोजना...
Read More
पोखरा, ६ मंसिर । दोब्बर मतका साथ जनमत पार्टीका अध्यक्ष सीके राउतले सप्तरी २ मा अग्रता बनाएका छन् । उनले १२ हजार २२५ मत पाउँदा जसपाका अध्यक्ष उपेन्द्र यादवको...
Read More
पोखरा, ०७ पुस । पोखरामा आइतबार भएको यती एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटनाका मृतकमध्ये १४ जनाको शव पहिचान गर्न डीएनए परीक्षण गरिने भएको छ । दुर्घटनामा फेला परेकामध्ये १४ वटा...
Read More
पोखरा पोखरामा यही माघ १५ देखि २१ गतेसम्म बगर भाइखलकको आयोजनमा हुने १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । बगर भाइखलकले आज...
Read More