फागुन ८ गते २०७९
दुक्तानका गुरुङहरुको सामुहिक अर्घु सम्पन्न
फागुन ७,
भक्त तामाङ दुक्तान पर्बत
पर्बत जिल्ला साबिक कुर्घा ७ हाल माहाशिला गाउ पालिका ५ दुक्तानका च्म्ह्रु गुरुङ परिवारले आफ्नै गाउ ,पोखरा ,काठमाडौं र मधेस बसाइ सराइ गरी गएका सबै परिवारका बिगत ५ बर्ष सम्म गुमाएका आफन्तहरुको सामुहिक अर्घु (घेवा) अन्तिम संस्कार सम्पन्न गरेका छन । प्राय गुरुङहरुले मान्छे मरेको १३ दिन भित्र नै अर्घु गर्ने चलन भए पनि दुक्तानका गुरुङहरुले ५ बर्षको एकचोटी अर्घु समपन्न गरेका छन् । यहि फागुन ३ देखी ६ गते सम्म अर्घु गरिएको थियो । यसै अनुरुप पर्बतको पच्यु घ्याब्री गुरुङ च्म्ह्रु परिवारमा पहिला पहिला पच्यु घ्याब्रीहरु बाट धेरै बर्ष सम्म कुरेर एकै पटक करिब १० देखी १२ बर्षमा सामुहिक अर्घु गर्ने चलन थियो ,प्राय यस्तो चलन नेपालको मध्य पश्चिम भेगमा बसोबास गर्ने पच्यु घ्याब्री गुरुङहरुमा रहेको पाईनछ ।

हाल पच्यु घ्याब्रीको ठाउँमा माहायानी लामा गुरुहरु बाट यस्तो अर्घु गर्ने चलन बढेको पाईन्छ ।
यहाँ रोचक प्रसँग के छ भन्दा गाउ,पोखरा ,काठमाडौं र मधेस गरी ५ बर्षमा जम्मा १४ जनाले ज्यान गुमाएको देखिन्छ यो ५ बर्षको समयमा हामीले भोगेको माहामारी कोरोनाको कालमा ५ बर्षको समयमा जम्मा १४ जनाले ज्यान गुमाएको संख्या भने पक्कै पनि आस्चर्यको बिषय रहेको छ ।
गाउमा अर्घु गर्नको लागि पोखरा ,काठमाडौं र मधेस बाट हजारौ को संख्यामा गाउ पुगेका पाहुना हरुको लागि बस्न सुत्नको लागि आँफैले छोडेर गएको पुरानो घर काम लागेको थियो भने सिमित मात्रमा बचेको ८ ,१० घर परिवारले निर्माण गरेको सुबिधा सम्पन्न समाज घर यो बेला अत्यन्तै उपयोगी सबित भएको छ ।
आयोजक परिवारले आफ्नो पुस्त्ताको बंशावली खुल्ने गरी परिवारको पारिवारिक चक्रको प्रस्तुत गरिएको थियो । पच्यु घ्याब्री गुरुङ च्म्ह्रु परिवारमा देखिएको यो मौलिक परम्परा आजकल
लोप हुँदै गएको अवस्थामा एस्तो कार्यक्रमको आयोजनाले लोप हुन लागेको आफ्नो संस्कारलाई बचाउन ठुलो टेवा पुग्ने आयोजक तथा बुढा पाकाहरुले बताएका छन ।