७ कार्तिक,पोखरा पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन।
कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए।
पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी...
Read More
माध्यामिक शिक्षा परीक्षा ९एसइई० को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७।८६ प्रतिशतमात्रै विध्यार्थी...
Read More
पोखरा १८ असार लायन्स क्लव अफ पोखरा चौतारीले महेन्द्र माध्यमिक विद्यालय घार्मीमा अक्षयकोष स्थापना गरेको छ । ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने हेतुले क्लवका अध्यक्ष परशुराम...
Read More
पोखरा, ८ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा...
Read More