७ कार्तिक,पोखरा पोखरा फोटोग्राफर संघद्वारा नेपालीहरुको दोस्रो ठ्रलो चाड तिहार को अवसर मा देउसी भैलो साथै शुभकामना आदान प्रदान गरी सम्पन्न गरेको छ । पोखरा फोटोग्राफर संघका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष जयन्द्र कुमार राजभ०डारीको प्रमुख आतिथ्यमा सुसम्पन्न भएको कार्यक्रममा संघका उपाध्यक्ष भक्त तामाङ ले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि राजभ०डारीले फोटोग्राफी ब्यवसायको हक र हितका लागी स्थापना गरिएको यस संस्थाले बिभिन्न सामाजिक कार्यहरु र ब्यवसायिक हक र हितका कार्यहरु क्षमता अभिवृद्धि जस्ता सह्रानियकार्यहरु गर्दै आइरहेको र अझ नेपाली सस्कृतिको रक्षाका लागी यस्ता खालका कार्यक्रमहरु बेलाबेलामा गरि राख्नुपर्नेमा जोड दिए । कार्यक्रममा पोखराफोटोग्राफर संघ महिला उप समिति संयोजक रिता पौडेल महिला उपसमिति सह संयोजक डेक कुमारी जलारी के सि पूर्व अध्यक्ष रविनाथ दाहाल, नि अध्यक्ष जनकराज तिवारी , कैलाश बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष खडानन्द अधिकारी, संघका संरक्षक गणेश छवि, लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरु बिच प्रत्येक बर्ष शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम गर्ने गरेको छ र यसरी गरिने देउसी भैलो कार्यक्रमवाट उठेको रकम पोखराफोटोग्राफर संघ द्वारा संचालित राहतकोषमा जम्मा गरिने गरीएको छ यसपाली को देउसी भैलोमा करीव ६०हजार रुपैया संकलन भएको कुरा संघकी कोषाध्यक्ष नन्दकला पौडेलले बताएकी छन।
कार्यसमिती सदस्य स्वदेश साई को संयोजन तथा पोखरा फोटोग्राफर संघ महिला उप समितिको ब्यवस्थापनमा संचालित सो कार्यक्रम संघ का सचिब देवानन्द पोख्रेल ले सञ्चालन गरेका थिए । कार्यक्रम को समापन गर्दै संघ का अध्यक्ष रामचन्द्र पोखरेल ले सबैलाई धन्यबाद ज्ञापन गर्दै सबैको सहयोगका कारण संस्थाका कार्यक्रमहरु सफल हुने कुरामा जोड दिए।
काठमाडौं,२० चैत । नेपाली फिल्मका अभिनेता अनमोल केसीको यति बेला निकै चर्चा चलेको छ ।नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले...
Read More
पोखरा, २४ पुस । नेशनल प्याव्सन कास्कीले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । एन प्याव्सन कास्कीको मंगलबार वसेको बैठकले साहित्यिक क्षेत्रमा...
Read More
पोखरा साउन १४, २०८१ पोखरामा स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ फुर्सेखोला नजिक स्कुल बस दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । बस दुर्घटनामा घाइते...
Read More
१३ साउन ,पोखरा श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताको पूजा अर्चना गर्ने प्रचलन रहि आएको छ । वैदिक दर्शनमा १२ वटा नागहरू रहेको पाईन्छ । जसमा अनन्त,...
Read More