पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न पोखरा आइपुगेका छन । यो प्रतियोगितामा समाबेश खेल मध्य प्याराग्लाइडिड. पनि एक हो । दुखको कुरा आइतबार भएको प्याराग्लाइडिड. प्रतियोगितामा त्रिभूवन आर्मी क्लवबाट सहभागी पोखरेली २८ वर्षे युवा निसिम थापाको असमायिक निधन भएको छ । खेलकै क्रममा सराड.कोटमा प्याराग्लाइडिड. दुधर्टना परि थापाको मृत्यू भएको हो ।
दुखत समाचारमा भनिएको युवा जो मैले उसलाई चिनेको झण्डै एक वर्ष भयो । मेरो कक्षा साथी अत्यन्त मिलनसार मित्र निसिम थापा । म भन्दा धेरै कान्छो उमेरको भए पनि हामीसगै पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्रमा मास्टरडिग्री पढ्दै थियो । कैयौ दिनसगै बेन्चमा बसिएको छ भने धेरै पटक बिहानको चिया एकै टेबुलमा बसेर पिएका छौ, फिल्म हेर्न, लेकसाइड घुम्न गएका छौ, पिकनिकसगै रमाइलो गरेका छौ । हाम्रो कक्षाको अत्यन्त सालिन र चकलेटी हिरो थियो उ । हाम्रो बिहानी कक्षा ६ वजेबाट शुरु भई ९ बजेर ३० मिनटसम्म चल्छ तर निसिम सधै अफीस जानु छ भन्दै ९ बजे नै हिड्थ्यो । मलाई थाहा थियो उ प्याराग्लाइडिड. अफिसमा जानुपर्ने हतारोले केही समय अगाडी हिड्थ्यो । पोहरसाल हाम्रो कक्षाका साथीहरुको बनभोज कार्यक्रमबाट नै मैले उसलाई नजिकबाट चिनेको हु । आफ्नो निजि भ्यान ल्याएर सवै सामान ल्याउने लैजाने काम सक्रिय र निस्वार्थी निसिमले गरेको थियो । मैले त्यसैबेला यो उमेरको यती मेहनती र सहयोगी मान्छे कमै हुन्छन भन्ने लागेको थियो । त्यसपछीको समय कक्षा कोठामा होस वा कान्टीनमा हामी अझ नजिकिदै गयौ । हाम्रा मिल्ने साथीहरुको सूचीमा उ भएकाले समय र परिस्थिती मिलेसम्म कक्षाकोठा बाहिरका अतिरिक्त कार्यक्रममा उ कहिल्यै छुट्दैनथ्यो । एक महिना अगाडी हामीले अस्ट्रेलियन क्याम्प, धम्पुस एक रात बसाइको कार्यक्रम राखेका थियौ । निसिम भन्दै थियो १ दिनको मात्र सम्भव थियो तर भोलिपल्ट मेरो हुन गइरहेको खेलकुदको प्याराग्लाइडिड. प्राक्टिस छ सरी यसपाली म जान पाइन, खेल सकिए पछी जानु पर्छ । तर निसिम तिमी हामीलाई यही छाडेर धेरै माथी गयौ हामी तिम्रो मात्र सम्झनामा बाच्न बाध्य भयौ । प्यारो साथी हार्दिक श्रद्धाञ्जली साथ परिवारजनमा गहिरो समबेदना ।
काठमाडौं, ११ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आइतबार जाङ्मु शेर्पासँग विवाह गरेका छन् । काठमाडौंस्थित एक पार्टी प्यालेसमा भएको विवाह समारोहमा नेकपाका सीमित नेता र आफन्त...
Read More
काठमाडौं, ४ माघ । सर्वोच्च अदालतमा दर्ता भएका प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दामा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा ती मुद्दामाथि सुनुवाइ हुन लागेको हो ।...
Read More
काठमाडौं महानगरपालिकाको एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्। सोमबार काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले यस्तो बताएका हुन्। ‘यो...
Read More
पोखरा १३, साउन, पोखरामा पत्रकारलाई कुटपिट गर्ने ४ जना पक्राउ परेका छन् । राइड सेयरिङ एप विरुद्ध नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले आह्वान गरेको आन्दोलनको क्रममा पत्रकार...
Read More