चैत्र २५ गते २०८२

काठमाडौँ फोटोग्राफर संघद्वारा नयाँ वर्ष २०८३ को शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन

​काठमाडौँ, २४ चैत
​काठमाडौँ फोटोग्राफर संघ को आयोजनामा नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान प्रदान, चियापान तथा वार्षिक भित्ते पात्रो विमोचन कार्यक्रम मंगलबार नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ।
​संघका अध्यक्ष आनन्द प्रभाकर धिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ हास्यकलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। सो अवसरमा विशिष्ट अतिथिको रूपमा सल्लाहकारहरू मञ्जु कुमार श्रेष्ठ, रत्नमान आशु र राजभाई सुवालको उपस्थिति रहेको थियो।
​त्यसैगरी कार्यक्रममा पूर्व अध्यक्षहरू मोती बहादुर बोगटी, डिगम्बर राजवंशी, निवर्तमान अध्यक्ष हरिप्रसाद घिमिरे लगायत संघका अन्य पदाधिकारीहरू, सदस्यहरू र फोटोग्राफी क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
​संघका सचिव कालिका प्रसाद रिमालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष हरि ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। बासुदेव घिमिरे संयोजक रहनुभएको उक्त कार्यक्रममा सभाध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, सहयोगी व्यापारिक प्रतिष्ठानका प्रमुख तथा प्रतिनिधिहरू, क्यालेन्डरका लागि तस्बिर उपलब्ध गराउने फोटोग्राफरहरू एवं वर्तमान तथा पूर्व कार्यसमितिका पदाधिकारीहरूले संयुक्त रूपमा भित्ते(पात्रो विमोचन गर्नुभएको थियो।
​कार्यक्रमका वक्ताहरूले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै फोटोग्राफी पेशालाई मर्यादित बनाउन र पेशागत हकहितका लागि संघले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो। चियापान र आपसमा खुसी साटासाट गर्दै सौहार्दपूर्ण वातावरणमा कार्यक्रम समापन भएको थियो ।