जेठ ३ गते २०७८
सबै नागरिकलाई खोपको व्यवस्था गर्न कांग्रेसको माग
काठमाडौं,३ जेठ ।
कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाई जीवन रक्षा गर्न माग गरेको हो ।
कांग्रेसका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोभिड– १९ रोकथाम, न्यूनीकरण तथा उपचारका लागि ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक खाणले आवश्यक खोप यथाशीघ्र आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गर्न माग गरेका हुन् । ‘ज्येष्ठ नागरिकलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज पाएका छैनन् । अरू धेरैले खोप नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था छ,’ खाणले भनेका थिए ।
प्रमुख सचेतक खाणले देशभर अक्सिजन अभावमा संक्रमितले अकालमा ज्यान गुमाउनुपरिरहेकोबारे समेत मन्त्री त्रिपाठीलाई ध्यानाकर्षण गराएका थिए ।