पोखरामा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता भैरहेको छ , यहि असोज २८ गतेबाट चलेको यो प्रतियोगिता कार्तीक ३ सम्म हुनेछ । यस प्रतियोगिताका लागि नेपालभरका ६ हजार भन्दा बढि खेलाडी बिभिन्न खेलमा प्रतिस्पर्धा गर्न पोखरा आइपुगेका छन । यो प्रतियोगितामा समाबेश खेल मध्य प्याराग्लाइडिड. पनि एक हो । दुखको कुरा आइतबार भएको प्याराग्लाइडिड. प्रतियोगितामा त्रिभूवन आर्मी क्लवबाट सहभागी पोखरेली २८ वर्षे युवा निसिम थापाको असमायिक निधन भएको छ । खेलकै क्रममा सराड.कोटमा प्याराग्लाइडिड. दुधर्टना परि थापाको मृत्यू भएको हो ।
दुखत समाचारमा भनिएको युवा जो मैले उसलाई चिनेको झण्डै एक वर्ष भयो । मेरो कक्षा साथी अत्यन्त मिलनसार मित्र निसिम थापा । म भन्दा धेरै कान्छो उमेरको भए पनि हामीसगै पृथ्वीनारायण क्याम्पसमा समाजशास्त्रमा मास्टरडिग्री पढ्दै थियो । कैयौ दिनसगै बेन्चमा बसिएको छ भने धेरै पटक बिहानको चिया एकै टेबुलमा बसेर पिएका छौ, फिल्म हेर्न, लेकसाइड घुम्न गएका छौ, पिकनिकसगै रमाइलो गरेका छौ । हाम्रो कक्षाको अत्यन्त सालिन र चकलेटी हिरो थियो उ । हाम्रो बिहानी कक्षा ६ वजेबाट शुरु भई ९ बजेर ३० मिनटसम्म चल्छ तर निसिम सधै अफीस जानु छ भन्दै ९ बजे नै हिड्थ्यो । मलाई थाहा थियो उ प्याराग्लाइडिड. अफिसमा जानुपर्ने हतारोले केही समय अगाडी हिड्थ्यो । पोहरसाल हाम्रो कक्षाका साथीहरुको बनभोज कार्यक्रमबाट नै मैले उसलाई नजिकबाट चिनेको हु । आफ्नो निजि भ्यान ल्याएर सवै सामान ल्याउने लैजाने काम सक्रिय र निस्वार्थी निसिमले गरेको थियो । मैले त्यसैबेला यो उमेरको यती मेहनती र सहयोगी मान्छे कमै हुन्छन भन्ने लागेको थियो । त्यसपछीको समय कक्षा कोठामा होस वा कान्टीनमा हामी अझ नजिकिदै गयौ । हाम्रा मिल्ने साथीहरुको सूचीमा उ भएकाले समय र परिस्थिती मिलेसम्म कक्षाकोठा बाहिरका अतिरिक्त कार्यक्रममा उ कहिल्यै छुट्दैनथ्यो । एक महिना अगाडी हामीले अस्ट्रेलियन क्याम्प, धम्पुस एक रात बसाइको कार्यक्रम राखेका थियौ । निसिम भन्दै थियो १ दिनको मात्र सम्भव थियो तर भोलिपल्ट मेरो हुन गइरहेको खेलकुदको प्याराग्लाइडिड. प्राक्टिस छ सरी यसपाली म जान पाइन, खेल सकिए पछी जानु पर्छ । तर निसिम तिमी हामीलाई यही छाडेर धेरै माथी गयौ हामी तिम्रो मात्र सम्झनामा बाच्न बाध्य भयौ । प्यारो साथी हार्दिक श्रद्धाञ्जली साथ परिवारजनमा गहिरो समबेदना ।
पोखरा १६ जेठ बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका महासचिव...
Read More
पुस ३ पोखरा कैलाश बचत तथा ऋण सहकारी संस्था लि पोखराको ११ औ साधारण सभा एक बिशेष कार्यक्रमका बिच सम्पन्न गरेको छ । पोखरा र आसपासका क्षेत्रमा छरिएर रहेका...
Read More
पोखरा, १८ चैत ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।पोखरा–१० रामबजार निवासी स्व।...
Read More
पोखरा,१६ असोज । पोखराको सिद्धार्थमार्ग फिर्केपुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले आन्दोलन गर्ने भएका छन् । उनीहरुले आइतबारदेखि सिद्धार्थचोक, चिप्लेढुंगा रामकृष्णटोल र बगालेटोलमा दैनिक एक घण्टा चक्काजाम गर्ने भएका...
Read More