भाद्र २९,पोखरा र एसोसियशन तनहुँको ११ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन मा आलोक कुमाल निर्विरोध अध्यक्षमा चुनिएका छन् । यसैगरी प्रथम उपाध्यक्षमा दिपक खाती, द्धितिय उपाध्यक्षमा विष्णुमाया डल्लाकोटी सचिवमा अश्विन किशोर श्रेष्ठ, कोषाध्यक्षमा राज कुमार रानाभाट सह–सचिवमा कलावति कमली नहर्की सदस्यहरुमा सुदिप पौडेल, याम बहादुर थापा, आकाश कार्की, रुप बहादुर बयलकोटी, सुशील कुमार श्रेष्ठ, सञ्जय गुरुङ्ग, प्रतिज्ञा पण्डित, विष्णु शर्मा पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । सोहि वन्द शत्रबाट खुम बहादुर राई र प्रेमराज श्रेष्ठ प्रदेश पार्सदको रुपमा चयन भएका छन् ।
फोटोग्राफर एसोसियशन तनहुँको यही २०७९ भाद्र २५ गते ११ औं साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको हो । एसोसियशन तनहुँका अध्यक्ष बलभद्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेल ज्यूबाट पानसमा दियो तथा व्यानरको फोटो खिचि उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा फोटोग्राफर एसोसियशन तनहुँ का उपाध्यक्ष आलोक कुमालले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा फोटोग्राफर एसोसियशनका सदस्य एवं बन्दिपुर नगर विकास समितिका सदस्य विष्णुमाया डल्लाकोटी, नि–वर्तमान उपाध्यक्ष कुमार मोहन श्रेष्ठ, प्रदेशका सचिव तुलसीराम सुवेदी, उपाध्यक्ष एवं पर्वतका अध्यक्ष नारायण बहादुर के।सी।,सल्लाहकार गणेश छवि, पोखरा फोटोग्राफर संघका उपाध्यक्ष भक्त तामाङ रिपोटर्स क्लव पूदेश अध्यक्ष मदन वाग्ले नेपाल फोटोपत्रकार महासंघ का अध्यक्ष गोरा मिया लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । सोहि कार्यक्रममा फोटोग्राफर एसोसियशन तनहुँका पूर्व संस्थापक अध्यक्ष हरि कुमार श्रेष्ठ, पूर्व अध्यक्ष दामोदर मिश्र, पूर्व सदस्य शम्भु अधिकारी एवं बन्दिपुर नगर विकास समितिका सदस्य विष्णुमाया डल्लाकोटीलाई सम्मान गरिएको थियो । फोटोग्राफर एसोसियशन तनहुँको उक्त कार्यक्रममा फोटोको महत्वका विषयमा प्रमुख अतिथिले भावि दिनमा अझै फोटोको महत्व बढेको र प्रविधिका बारेमा अझै निखारता ल्याउनु पर्ने जानकारी पनि गराउनु भएको थियो । यसैकार्यक्रममा फोटोग्राफर एसोसियसन तनहुका का सचिव विष्णु पराजुलीबाट आफ्नो बुवा आमाको सम्झनामा शालिकराम शिव पुरस्कार अक्षयकोष स्थापना गर्नु भएको छ भने सो पुरस्कार फोटोग्राफर एसोसियशन तनहुँद्वारा २÷२ वर्षमा उत्कृष्ट फोटोग्राफर तथा फोटो पत्रकारहरुलाई प्रदान गरिने पनि जानकारी गराउनु भएको थियो । कार्यक्रम संस्थाका सह–सचिव दिपक खाती ले सन्चालन गरेका थिए
Related Posts
Samaya Dristi
2 years ago
पोखरा ११ असार महिलाहरु मात्रै शेयर सदस्य रहेको पोखरा १४ को एक सहकारीले व्यवसायिक दुध उत्पादनमा लगानी विस्तारको आयोजनालाई अन्तिम रुप दिएको छ । पोखरा १४ स्थित भोट्ेचौतारा स्थित...
Read More
पोखरा २८, भदौ पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । संविधानसभा अध्यक्ष समेत रहनु भएका नेम्वाङको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको...
Read More
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा बिहीबार बद्री पंगेनी र सबिन राईको प्रस्तुती रहने भएको छ । महोत्सवको आठौँ दिन बिहीबार चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुती...
Read More
पोखरा । अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय...
Read More