१० भाद्र ,पोखरा पोखरा फोटोग्राफर संघमा आबद्ध महिला सदस्य तथा पदेन सदस्य र पोखरा फोटोग्राफर संघ परिवारले यस वर्षको महिलाहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा आफ्ना सदस्यहरुलाई दर खुवाउने कार्यक्रमको केही रकम कटौती गरि अपाङ्गलाई सहयोग गरेको छ । पोखरा फोटोग्राफर संघले वर्षेनी गर्ने तिज कार्यक्रम अन्तरगत यस वर्ष नेपाल अपाङ्ग समाज सेवा संघका अपाङ्गलाई आफ्नो कार्यलयमा राखिएको आर्थिक सहयोग दान पेटिकामा संकलित रकमबाट रु १५ हजार बराबरको अत्यावश्यक सामाग्री खरिद गरी सो सहयोग सामाग्री शुक्रबार एक कार्यक्रमका बिच हस्तान्तरण गरेको छ । संस्थाले २०७० साल देखी कार्यालयमा दान पेटिका राखी आर्थिक संकलन गर्ने र संकलित रकमलाई हरेक वर्ष हरितालिका तिजको समय पारेर असाहय तथा गरिवलाई हस्तान्तरण गर्ने कार्य गर्दै आएकोमा यस पटक पनि दोहोर्एको बारे कार्यक्रम संयोजक नन्दकला पौडेलले स्पस्ट पारिन ।
पोखरा फोटोग्राफर संघको हालै निर्वाचित कार्यसमितीको पहलमा भएको सो कार्यक्रममा पोखरा फोटोग्राफर संघमा आवद्ध सदस्य तथा पदेन सदस्यहरुको भेलाबाट आगामी कार्यकालका लागि नया महिला उपसमिति पनि छनोट गरिएको छ । रिता पौडेलको संयोजकत्वमा बनेको पोखरा फोटोग्राफर संघ महिला उपसमितीका उपसंयोजक डेक कुमारी के सी जलारी, सचिव मिरु लम्साल, कोषाध्यक्ष बबिता पौडेल र सदस्यहरुमा भागिरथी बाटाजू, सरिता अधिकारी, माया थापा, उमा शाही, कमला पौडेल, गोमा आचार्य, तारा पोख्रेल, श्रृजना सुबेदी, पवित्रा घले रहेका छन ।
शुक्रबार साइमन पार्टी प्यालेसमा भएको सहयोग हस्तान्तरण तथा तिज शुभकामना आदनप्रदान र नया उपसमिती गठन कार्यक्रममा संस्थाका बर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल तथा भूपु अध्यक्ष बलराम शर्मा, महिला उपसमिती पूर्व संयोजक तिर्थ श्रेष्ठ, निवर्तमान संयोजक शान्ति सुबेदीले आफ्नो मन्तब्य राखेका थिए । सोही कार्यक्रममा नेपाल अपाङ्ग समाज सेवा संघका प्रतिनिधीले महिलाहरुले आफ्नो दर खाने खर्च कटौती गरेर गरिएको सो सहयोगको प्रसंसा गरेका थिए । पोखराका महिला तथा पुरुष फोटोग्राफरहरु उपस्थित रहेको सो कार्यक्रममा तिज गित र नाचगान गरिे यस वर्षको तिज मनाएका छ । उक्त कार्यक्रमका लागि पोखरा फोटोग्राफर संघका वर्तमान उपाध्यक्ष भक्त तामाङ्गले रु ५ हजार सहयोग प्रदान गरेका थिए ।
पोखरा, १० भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले परम्परागत तीज गीत प्रतियोगिताले मौलिक तीजे भाकाहरू जीवन्त राख्न सघाउ पुग्ने बताउनुभएको छ । पोखराको मालेपाटन स्थित सूर्यचन्द्र विकास समाजले...
Read More
कमल पौडेल अथक पोखरा ९, चैत्र नेपाली सेनाको भर्ना र छनौट प्रक्रिया समय सापेक्ष सहज र सरल वनाउनु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । भर्ना छनौट निर्देशनालय...
Read More
तनहुँ, २७ जेठ । पृथ्वीराज मार्गको आँबुखरेनी खण्डमा यातायात अवरुद्ध भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भाँसिदा यातायात अवरुद्ध भएको हो । मस्र्याङदी जलविद्यतु आयोजना नजिक सडक...
Read More
पोखरा, २७ चैत ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । महोत्सवको तेस्रो दिन मगलवार...
Read More