माघ १६ गते २०८०

शहीद दिवस

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई चार सपूत मरेर नगए

माघ १६ लाई शहीद दिवसको रुपमा मनाउने गरिन्छ । पछिल्लो समय नेपाललाई शहीद दिवसका रूपमा मात्र नभई शहीद सप्ताहका रूपमा एक हप्ता अगाडि देखिनै विभिन्न कार्यक्रम गरेर मनाइने गरिन्छ । शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गङ्गालाल श्रेष्ठलाई प्रजातन्त्रको पक्षमा जनतामाझ वकालत गरेको अभियोगमा हत्या गरिएको माघ १० गतेदेखि १६ गतेसम्मको अवधिलाई शहीद सप्ताहका रूपमा मनाइन्छ । आज हामीले उपभोग गर्दै आएको स्वतन्त्रता, समानता अनि सार्वभौमिकता कालागि शहीदहरूले दिएका बलिदान को सम्झना र सम्मान गर्ने दिनको रुपमा लिईन्छ

१९९७ साल पौष ९ गते नेपालमा पहिलोपटक प्रजापरिषदका तर्फबाट राणाशासन विरुद्ध पर्चा छरियो । त्यो दिन पाटनमा भोटो देखाइँदै थियो ।जुवा फुकेको थियो ।
त्यही जुवाखालमा छरिएका, टंकप्रसाद आचार्यले हस्ताक्षर गरेका पर्चामा लेखिएको थियो,
“राणा हो, तिमिीहरुलाई मौकाले ठुलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो तर तिमीहरुलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नती गराउने सट्टामा प्रजाको रगत चुसी आफ्नो छोरा, नाती धनी गराउने कोशिस ग¥यौ । यहाँभन्दा ठुलो कुकर्म अरु के होला । आफै विचार गर । तिमीहरुलाई स्वार्थले अन्धो बनाएको रहेछ । यस्तो घोर कुकर्मले पनि तिम्रो कलेजोलाई जलाउन सकेन । जुन प्रजाहरुले आफ्नो मान, सम्मान, स्वतन्त्रताको रक्षाको भार, धर्म र जातीय उन्नती तिम्रो हातमा सुम्पेका छन, तिनकै धन अपहरण गरि तिनैलाई गुलाम (कमारो) गराई, तिनको अवनतिलाई आफ्नो उन्नती सम्झि तिनको मान, सम्मानलाई लात्ताले ठोकेर तिमीहरुले कस्तो घोर कुकर्म गरिरहेका छौ । तिमीहरुको अरु केही ध्येय छैन । येनकेन प्रजालाई अन्धा बनाई तिनको पैसा लुट्नु, जहानबच्च एकएक दाना अन्नको लागि प्रााण् दिउन त्यसले उनको रगतको पसिनाले आफ्नो नीच भोग लिप्साको तृप्ति गर्नु …।”
यसपछी राणा सरकारले ती पर्चा छर्नेहरु पत्ता लगाउन ५ हजार इनाम दिने घोषणा सहितको इस्तिहार टाँस्यो ।
त्यसको एक महिनापछी सरकारले प्रजापरिषदको पत्ता लगायो । कारण, सहिद शुक्रराज शास्त्रीका भाइ सु. रामजीले त्यो पोल खोलिदिएका थिए ।
त्यसपछी व्यापक धरपकड भयो । नेपालको इतिहासमा नै सरकारले ८६ जनालाई पक्राउ गर्यो ।
उनीहरुलाई राजबन्दी बनाइयो र माघ ७ गते फैसला सुनाइयो ।
मीरसुब्बा महेन्द्रबहादुर महतले सुनाए, “सर्वश्री दशरथ चन्द, धर्मभक्त माथेमा, गगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीहरुलाई ज्यानको सजाय भयो ।”
ब्राह्मण भएका कारण प्रजापरिषदका अध्यक्ष टंकप्रसाद आचार्य बाँचे ।
उक्त फैसलापछी ९ गते शुक्रराज शास्त्रीलाई टेकुमा झुण्ड्याइयो । ११ गते धर्मभक्त माथेमा सिफलको रुखमा झुण्डयाइए ।
१४ गते दशरथ चन्द र गगालाल श्रेष्ठलाई शोभाभगवती अगाडि गोली हानेर मारिए ।
यसरी चार नेपाली १९९७ सालमा सहिद बने ।