८ भाद्र,पोखरा पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार भएको एक कार्यक्रममा कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी लगायतको सञ्चालक समितिले नव निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायत उपाध्यक्ष भक्त तामाड. सचिव देवानन्द पोख्रेल, कोषाध्यक्ष नन्दकला पौडेल सदस्य कल्पना अधिकारी, बिनय श्रेष्ठ, स्वदेश साई, अग्निधर तिमिल्सिना, हरिशरण ढुड.गाना, शंकर कोइराला र प्रकाश पौडेललाई सम्मान गरेकोे छ ।
सोही कार्यक्रममा नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो । कैलाश बचत तथा ऋण सहकारीका महिला शेयर सदस्यहरु, कर्मचारी तथा सो सहकारीले सञ्चालन गरेको कैलाश फोटो फ्रेम उद्योगका महिला कर्मचारीहरु उपस्थित रहेर नाचगान सहित दर खाने कार्यक्रम गरेको थियो ।
उक्त सन्मान तथा दर खाने कार्यक्रममा दुई संस्थाको सम्बन्ध र पोखरा क्षेत्रमा फोटोग्राफरहरुको पेशा र सिप बृद्धिका लागि सहकारी र फ्रेम उद्योगले खेलेको भुमिका बारे संस्थाको भुपु अध्यक्ष दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी, सहकारीका सल्लाहकार नारायण बाटाजु, रविनाथ दहाल, टुकलाल नेपाली, इन्द्र प्र पौडेल, मदन आर्चाय, जयन्द्रराज राजभण्डारी, कार्यक्रम संयोजक पूर्ण कुमारी थापाले बोल्नु भएको थियो । कैलास सहकारीका उपाध्यक्ष बिनोदराज ढकालले स्वागत मन्तब्य गर्नुभएको सो कार्यक्रम संस्थाका सचिव बिष्णुहरि अधिकारीले सञ्चालन गर्नुभएको थियो भने सहकारी का सात सिद्धान्त वाचन घनश्याम पौडेलले गर्नुभएको थियो । । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम पश्चात हरितालिका तिजका गितहरुमा नाचगान कार्यक्रम भएको थियो ।
पोखरा, २६ चैत । हेमजामा आइतवार देखि एघारौं राष्ट्रिय हेमजा आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाआँैं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’...
Read More
काठमाडौं, ०८ वैशाख । पोखरा , विश्व नेपाली साहित्य सम्मेलन २०७८ आगामी शुक्रवार देखि सुरु हुने भएको छ । नेपाली भाषा तथा साहित्यको विकास, संरक्षण, प्रवर्द्धन र अनुसन्धानमा सहयोग...
Read More
काठमाडौं, १३ भदौ । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र...
Read More
साउन,पोखराफेवाताल पारी पुम्दीकोटमा विशाल शिवमूर्ति देखिन्छ। पुम्दीकोटमा शिवमूर्ति प्रतिस्थापन गरेपछि पोखरामा धार्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पुम्दिकोटमा ५२ फिट अग्लो शिव मूर्ति मुख्य आकर्षणका रुपमा रहेको छ...
Read More