८ भाद्र,पोखरा पोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा सम्मान गरेको छ । बुधवार भएको एक कार्यक्रममा कैलाश सहकारीका अध्यक्ष खडानन्द अधिकारी लगायतको सञ्चालक समितिले नव निर्वाचित पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल लगायत उपाध्यक्ष भक्त तामाड. सचिव देवानन्द पोख्रेल, कोषाध्यक्ष नन्दकला पौडेल सदस्य कल्पना अधिकारी, बिनय श्रेष्ठ, स्वदेश साई, अग्निधर तिमिल्सिना, हरिशरण ढुड.गाना, शंकर कोइराला र प्रकाश पौडेललाई सम्मान गरेकोे छ ।
सोही कार्यक्रममा नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा दर खाने कार्यक्रम पनि सम्पन्न भएको थियो । कैलाश बचत तथा ऋण सहकारीका महिला शेयर सदस्यहरु, कर्मचारी तथा सो सहकारीले सञ्चालन गरेको कैलाश फोटो फ्रेम उद्योगका महिला कर्मचारीहरु उपस्थित रहेर नाचगान सहित दर खाने कार्यक्रम गरेको थियो ।
उक्त सन्मान तथा दर खाने कार्यक्रममा दुई संस्थाको सम्बन्ध र पोखरा क्षेत्रमा फोटोग्राफरहरुको पेशा र सिप बृद्धिका लागि सहकारी र फ्रेम उद्योगले खेलेको भुमिका बारे संस्थाको भुपु अध्यक्ष दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी, सहकारीका सल्लाहकार नारायण बाटाजु, रविनाथ दहाल, टुकलाल नेपाली, इन्द्र प्र पौडेल, मदन आर्चाय, जयन्द्रराज राजभण्डारी, कार्यक्रम संयोजक पूर्ण कुमारी थापाले बोल्नु भएको थियो । कैलास सहकारीका उपाध्यक्ष बिनोदराज ढकालले स्वागत मन्तब्य गर्नुभएको सो कार्यक्रम संस्थाका सचिव बिष्णुहरि अधिकारीले सञ्चालन गर्नुभएको थियो भने सहकारी का सात सिद्धान्त वाचन घनश्याम पौडेलले गर्नुभएको थियो । । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रम पश्चात हरितालिका तिजका गितहरुमा नाचगान कार्यक्रम भएको थियो ।
कार्तिक ३, पोखरा । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएका छन् । शुक्रबार पोखरामा एक कार्यक्रमको आयोजना गरेर दूई प्रतिष्ठान बिच सहकार्य गर्ने सम्बन्धमा...
Read More
म्याग्दीको सदरमुकाम बेनी र बागलुङको बीचमा रहेको भाइरल गाउँ रत्नेचौरको तोरी बारी र पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको मनमोहक दृश्य तस्विरः दुर्गा प्रसाद पौडेल
Read More
पोखरा, पुस २९ गते । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले...
Read More
काठमाडौं । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफर अन्तर्गत १ हजार...
Read More