कैलाश बचत तथा ऋण सहकारी संस्था लि को तालिम सम्पन्न
पोखराका फोटोग्राफर ब्यावसायीहरुको पहलमा स्थापित कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यका लागि सहकारी शिक्षा तालिम आयोजना गरेको छ । सहकारीताका बिज्ञ प्रशिक्षक मिलन ढकालद्धारा प्रदान गरिएको सो सहकारी शिक्षा कार्यक्रममा हाल सहकारी सञ्चालनमा भएगरेका नया नीति नियम कानून साथै सहकारी किन आवश्यक छ र सहकारीको वर्तमान अवस्था बारे प्रकास पारिएको थियो । सोही कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी डिजिटल एप पनि शुभारम्भ भएका जानाकारी गराइएको थियो । इनफो डेभलपर्स प्रा लीका सुवास आर्चायले सो बैड.कीड. एप प्रयोग सम्बन्धमा कसरी प्रयोग गर्ने र क्युआर कोड तथा घरमा नै बसेर पैसा कारोबार हेर्न गर्न सकिने नया जोडिएको प्रबिधीमा भएका बिशेषता बारे बताउनु भएको थियो । कार्यक्रममा सहकारीलाई समायानुकुल प्रबिधी मैत्री बनाउन भएगरेका क्रियाकलावबारे छलफल भएको थियो । कैलाश बचत तथा ऋण सहकारीका पूर्व अध्यक्ष त्रय जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारीद्धारा उदघाटित सो कार्यक्रम संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा सचिव बिष्णुहरी अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका संस्थाका उपाध्यक्ष बिनोदराज ढकालले स्वागत मन्तब्य राख्नु भएको थियो भने शिक्षा समिती संयोजक तथा कार्यक्रम संयोजक घनश्याम पौडेलले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो । सहकारीकारीका ७ सिद्धान्त संस्थाका महिला समिति संयोजक पूर्णकला थापाले बाचन गरी आरम्भ भएको सो तालिममा सिकेका ज्ञानलाई के कसरी ब्यावहारमा उतार्ने भन्ने बारेमा संस्थाका सल्लाहकार तथा भूपू अध्यक्षहरुले आआफ्नो मन्तब्य राख्नुभएको थियो । मन्तब्य राख्नु हुनेमा संस्थाका त्रय भूपूहरु अध्यक्ष जिवन ढुड.गाना, दुर्गा प्रसाद पौडेल, शिवहरी अधिकारी, सल्लाहकार इन्द्र पौडेल, बलराम शर्मा, रविनाथ दहाल र पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीले बोल्नुभएको थियो । उक्त कैलाश बचत तथा ऋण सहकारी संस्थाको शैक्षिक तालिम कार्यक्रम क्लासिक चुल्हो एण्ड बेन्कयुट मानवअधिकार चोक, ट्रेडमहल चिप्लेढुड.गामा भएको थियो । संस्थाका अधिकांश शेयर सदस्य र पदाधिकारी उपस्थित सो कार्यक्रमले सहकारीता र नया प्रबिधीबारे जानाकारी हुनुको साथै कैलाश बचत तथा ऋण सहकारीले सञ्चालन गरेको फ्रेम उद्योगको प्रगती, काम कारवाही र गतिबिधीबारेमा समेत छलफल भएको थियो ।
हेमजा, १२ माघ हेमजा सञ्चार सहकारी संस्था पोखरा २५ हेमजाको १२ ओैँ साधारणसभा तथा पाँचौं अधिबेशन शनिबार हेमजामा सम्पन्न भएको छ । अधिबेशनले बिष्णु बाँस्तोलाको अध्यक्षतामा नयाँ कार्य समिति...
Read More
काठमाडौं, ७ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको...
Read More
पोखरा, ३१ साउन । पोखरामा आइतबार बिहान ग१च ७२३४ नम्बरको कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका १८ मेथलाङमा भएको दुर्घटनामा दुई महिला घाइते भएका...
Read More
काठमाडौं, ११ माघ । नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य...
Read More