२ साउन,पोखरा पोखराको सेतीनदी किनार सिम्पानी गाइघाटमा साउनको पहिलो सोमबार बमभोले भक्तजनको भिड लाग्ने गर्दछ । गाईघाटबाट हिन्दुधर्मका कटटर हिमायती युवा युवती पहेलो बस्त्र तथा रातो बस्त्र पहिरिएर घडामा पानी लिइ खाली खुटटा सिम्पानी देखी पार्दी फेवातालको किनारको केदारेश्वर मन्दिरमा ल्याइ जल चढाउने परम्परा बन्दै आएको छ । पोखरामा यो परम्पराको थालनी करिव २० देखी २५ वर्ष अगाडीबाट भएको मानिन्छ । प्रसस्त बढ्दै गइरहेको भारतिय नागरिकहरुको बसोवास र उनीहरुको देखासिकी, भारतिय मिडिया र भाइरल सस्कृतीको प्रभाव तथा देखावटी नया सस्कृतीको भ्रभाव पनि मान्न सकिन्छ सवै भन्दा ठुलो कुरा त धार्मिक आस्थामा युवाहरुको सहभागिता भन्नुपर्ने हुन्छ । हामी पोखरेली श्रावण महिनाभर महादेवको स्तुती गर्ने महिना भन्ने गरिन्छ त्यसैले श्रावण पहिलो सोमबार नदी तालबाट पवित्र जल ल्याइ महादेबको मन्दिरमा चढाउने वा महादेवलाई स्नान गराउने हिन्दु परम्परा छ । खासगरी भारतमा ख्यातीप्राप्त यो परम्परा नेपालमा पनि केही वर्ष देखी धुमधाम मनाउने गरिन्छ ।
बास्तवमा हामी नेपाली अझ पहाडे किसानहरुको श्रावण सक्रान्ती एक पर्व नै हो किनकी वर्षभरी खानका लागि अषाढ महिनाभर हिलो र पानीमा काम गरेर खेती लगाइन्छ । श्रावणमा उक्त हिलो मैलोमा काम गर्दा लागेको फोहरका कारण लुतो वा छाला सम्बन्धी रोग आउन सक्छन । त्यसैले हाम्रो पुरानो संस्कार परम्पराअनुसार लुतो फाल्ने सक्रान्ती भन्ने गरिन्छ । श्रावण को पहिलो दिन बेलुका बिभिन्न झार जडीबुटी सिउडी आदी संकलन गरी अगेनाको अगुल्टो चारै दिशा लुतो लैजा भन्दै फ्याक्ने परम्परा थियो र छ । यो परम्परा ठाउ वा समुदाय अनुसार फरक हुन सक्छ ।
तर अहिले शहरबजारमा बिभिन्न मिडिया र फरक मानिसहरुको बसाइले हाम्रा आफ्ना पुराना परम्परा नास हुदै बम भोले सस्कृती आयत भएको पाइन्छ । यो पूर्णरुपमा भारतिय सस्कृती भएपनि छोटो समयमा नेपालमा पनि बमभोले सस्कृतीले प्रसस्त स्थान पाएको छ । श्रावण महिना भर महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने बिभिन्न परिकारका खाना बनाएर खाने तथा महादेवको मन्दिरमा दर्शन गर्ने जस्ता भारतिय सस्कृती नेपालीले पछ्याउदै आएका छन । जय बम भोले हरहर महादेव ।
डागर स्मृति पुरस्कार–२०८३ बाट युवा उद्यमी आदित्य पोखरेल पुरस्कृत हुने भएका छन् । समाजसेवी तथा पुस्तक व्यवसायी राजन पराशर डागरको स्मृतिमा स्थापित उक्त पुरस्कार यो वर्ष आशीर्वाद पुस्तक पसलका...
Read More
जनकपुरधाम, १० वैशाख ।नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो...
Read More
पोखरा, २४ पुस । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसियसन नेपाल कास्की (एन प्याव्सन) ले २५ औ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रम गरि मनाएको छ । रजत जयन्तीको...
Read More
९ असार ,पोखरा घनश्याम पौडेल, पोखराको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको लागि शिक्षामूलक कार्यक्रम गरेको छ । शनिबार भएको सो कार्यक्रममा राष्ट्रिय सहकारी बैङ लि...
Read More