२ साउन,पोखरा पोखराको सेतीनदी किनार सिम्पानी गाइघाटमा साउनको पहिलो सोमबार बमभोले भक्तजनको भिड लाग्ने गर्दछ । गाईघाटबाट हिन्दुधर्मका कटटर हिमायती युवा युवती पहेलो बस्त्र तथा रातो बस्त्र पहिरिएर घडामा पानी लिइ खाली खुटटा सिम्पानी देखी पार्दी फेवातालको किनारको केदारेश्वर मन्दिरमा ल्याइ जल चढाउने परम्परा बन्दै आएको छ । पोखरामा यो परम्पराको थालनी करिव २० देखी २५ वर्ष अगाडीबाट भएको मानिन्छ । प्रसस्त बढ्दै गइरहेको भारतिय नागरिकहरुको बसोवास र उनीहरुको देखासिकी, भारतिय मिडिया र भाइरल सस्कृतीको प्रभाव तथा देखावटी नया सस्कृतीको भ्रभाव पनि मान्न सकिन्छ सवै भन्दा ठुलो कुरा त धार्मिक आस्थामा युवाहरुको सहभागिता भन्नुपर्ने हुन्छ । हामी पोखरेली श्रावण महिनाभर महादेवको स्तुती गर्ने महिना भन्ने गरिन्छ त्यसैले श्रावण पहिलो सोमबार नदी तालबाट पवित्र जल ल्याइ महादेबको मन्दिरमा चढाउने वा महादेवलाई स्नान गराउने हिन्दु परम्परा छ । खासगरी भारतमा ख्यातीप्राप्त यो परम्परा नेपालमा पनि केही वर्ष देखी धुमधाम मनाउने गरिन्छ ।
बास्तवमा हामी नेपाली अझ पहाडे किसानहरुको श्रावण सक्रान्ती एक पर्व नै हो किनकी वर्षभरी खानका लागि अषाढ महिनाभर हिलो र पानीमा काम गरेर खेती लगाइन्छ । श्रावणमा उक्त हिलो मैलोमा काम गर्दा लागेको फोहरका कारण लुतो वा छाला सम्बन्धी रोग आउन सक्छन । त्यसैले हाम्रो पुरानो संस्कार परम्पराअनुसार लुतो फाल्ने सक्रान्ती भन्ने गरिन्छ । श्रावण को पहिलो दिन बेलुका बिभिन्न झार जडीबुटी सिउडी आदी संकलन गरी अगेनाको अगुल्टो चारै दिशा लुतो लैजा भन्दै फ्याक्ने परम्परा थियो र छ । यो परम्परा ठाउ वा समुदाय अनुसार फरक हुन सक्छ ।
तर अहिले शहरबजारमा बिभिन्न मिडिया र फरक मानिसहरुको बसाइले हाम्रा आफ्ना पुराना परम्परा नास हुदै बम भोले सस्कृती आयत भएको पाइन्छ । यो पूर्णरुपमा भारतिय सस्कृती भएपनि छोटो समयमा नेपालमा पनि बमभोले सस्कृतीले प्रसस्त स्थान पाएको छ । श्रावण महिना भर महिलाहरुले हरियो चुरा र मेहन्दी लगाउने बिभिन्न परिकारका खाना बनाएर खाने तथा महादेवको मन्दिरमा दर्शन गर्ने जस्ता भारतिय सस्कृती नेपालीले पछ्याउदै आएका छन । जय बम भोले हरहर महादेव ।
कमल पौडेल अथक पोखरा १६, जेठ असल छिमेकी सहयोग संघ गोनेसाले गरीब तथा विपन्न बालवालिकालाई शैक्षिक सामग्र वितरण गरेको छ । बालवालिका विद्यालय भर्ना कार्यक्रम अन्तर्गत संघले आज एक...
Read More
पोखरा,३१ साउन । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो एक महिना यताको तथ्यांक नियाल्ने हो भने कोरोना संक्रमण फेरि उकालो लागेको छ । निर्देशनालयका अनुसार पछिल्लो एक महिनामा संक्रमितको संख्या मात्रै...
Read More
१ जेष्ठ,पोखरापोखरा महानगरपालिकाको ३ हजार मत गणना हुँदा गठबन्धनले अग्रता लिएको छ ।गठबन्धनबाट मेयर पदका उम्मेदवार धनराज आचार्यले १ हजार १ सय २१ मत प्राप्त गरेका छन भने नेकपा...
Read More
पोखरा, चैत, पर्यटनको राजधानि पोखरामा चैत २८ गते रात्रि दौड प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ । नयाँ वर्ष २०८३ को पूर्व सन्ध्यामा पोखरा महानगरपालिका वडा नम्बर ९ को...
Read More