पोखराको ऐतिहासिक पुरुष कृष्णकुमार बैद्य प्रति हार्दिक श्रद्धाञ्ञली ।।।
२३ असार,पोखरा हाम्रा श्रद्धेय मार्ग निर्देशक तथा पोखराका पुराना फोटोब्यवसायी कृष्णकुमार बैद्यको ९१ वर्षको उमेरमा उहाकै निवास रानीपौवा, पोखरामा निधन भएको छ । यो दुखद घडीमा उहाको आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्ञली प्रकट गर्दछौ साथैशोकसम्तप्त परिवारजनहरु प्रति समेत फोटोग्राफर संघ गण्डकी हार्दिक समबेदना प्रकट गर्दछौ । पोखरामा फोटोग्राफीको बिकास र ब्यावसायिकता दिने ४ जना अग्रज भेषरत्न शाक्य, जगन्नाथ उलक, खेमनारायण श्रेष्ठ र कृष्णकुमार बैद्य रहेका थिए । पोखरा कलर ल्यावको सस्थापक समेत रहनुभएका अग्रज कृष्ण कुमार बैद्यका ३ छोरा र २ छोरी छन । पोखराको ब्यवसायिक फोटोग्राफी इतिहासमा कृष्णकुमार बैद्य २०१० तिर बाग्लुड.बाट पोखरा बसाई सरेको र पाल्पाका गंगाप्रसाद बैजू जो घुमन्ते फोटोग्राफर थिए उनैसग फोटोग्राफी सिकेर आफ्ना अन्य ब्यवसायमा फोटोग्राफी पनि समावेश गर्नुभएको थियो । यसरी पोखराको फोटोग्राफीका एक ऐतिहासिक पुरुष कृष्णकुमार बैद्यको निधनले मर्माहित तुल्याएको छ यो दुखद घडीमा फेरी पनि उहाको आत्माको चिर शान्ति र समग्र परिवारजनमा समबेदना प्रकट गर्दछौ ।
भदौ १३,पोखरा ।गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले सराङ्गकोटको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका अब्बल रहेको बताउनुभएको छ । आइतबार सराङ्गकोट धार्मिक एंव...
Read More
वैशाख ११ चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिकाको सक्रियतामा ठुला विकास निमाणका आयोजना अघि बढेको बताउनुभएको छ । नेपालमा लोकतन्त्र स्थापनाको अवसरमा भरतपुर १२ धनगढा मन्दिर परिसरमा आयोजना...
Read More
४ बैशाख, पोखराराष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित मानपदवी बोक्सी कुप्रथा बिरुद्वका प्रमुख अभियान्ता कोविद शरण उपाध्यायलाई नयाँ बर्षमा एक कार्यक्रमका बिच प्रदान गर्नु भएको हो...
Read More
असार ४ पोखरा प्रदेश खेलकुद परिषदको आयोजना र कास्की जिल्ला बक्सिङ संघको सहअयोजनामा पोखरा रङ्गशालाको बक्सिङ हलमा सन्चालित प्रदेस स्तरिय प्रथम बक्सिङ प्रातियोगिता अन्तर्गत फाईनलको ९ खेल सम्पन्न भएको...
Read More