कास्कीको अन्नपूर्ण गाउपालिकामा सूचिकृत मेलमिलापकर्ताको लागि २ दिने पूर्नताजगी तालिम शूरु भएको छ । बुधवार शुरु भएको सो तालिम कार्यक्रम गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसीले उदघाटन गर्नुभएको थियो । अन्नपूर्ण गाउपालिका उपाध्यक्ष तथा न्यायिक समितिको संयोजक चन्द्रा देवकोटा अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउपालिका भरीका महिला तथा पुरुष सूचिकृत मेलमिलावकर्ताको उपस्थिती थियो ।
कार्यक्रममा कानून सहजकर्ता तथा अधिबक्ता बिष्णु प्रसाद अधिकारीले वर्तमान कानूनका प्रावधान र ब्यावहारिकाता बारे स्पस्ट पार्नुभएको थियो । कार्यक्रममा नेपाली समाजको बिषेशता र सामाजिक एकतामा आउने बिकास बारे पत्रकार घनश्याम पौडेलले प्रकास पार्नुभएको थियो । देशका पालिका होस वा जिल्ला अदालतहरुमा समग्र मुद्धाहरुको चाप हेर्दा २ प्रकृतीका भएको पाइन्छ । पहिलो सम्पत्ती र दोश्रो सम्बन्ध । खासगरी पालिकाहरुमा गाउघर तथा शहर बजार समेतबाट आउने सम्बन्ध बिच्छेद, बिबाहवारी तथा सम्पत्ती हक दावी तथा साध सिमाना बिबाद जस्ता मुद्धाको चाप परेको देखिन्छ । मेलमिलापबाट नै मुद्धाको किनारा लगाउने कार्यले समाज बिकास र एकता कायम गराउछ ।
पोखरा, १० मंसिर नेवारी कलासंस्कृति र मौलिक परिकारको संरक्षण गर्ने उद्देश्य सहित पोखरामा आगामी शनिबार छैंटौँ यःमरी महोत्सव तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । पोखरा महानगरपालिका४ को आयोजनामा...
Read More
साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय...
Read More
काठमाडौँ, असार २० । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबार पनि जारी रहने छ। इजलासमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट पाँचजना कानून व्यवसायीले बहस गर्ने...
Read More
पोखरा,२९ साउन । पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर,...
Read More