युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पोर्चुगल ४–२ गोल अन्तरले विजयी भयो ।
पहिलो जित निकालेको पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डोले महत्वपूर्ण गोल गरे । पोर्चुगलका लागि ४२ औं मिनेटमा विलियम कार्वाल्हो, ५८ औं मिनेटमा गोनकलो गेदेस, ८० औं मिनेटमा रोनाल्डो र खेल सकिन चार मिनेट बाँकी छँदा बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।
यसअघि ६८ औंं मिनेटमा मिलिनकोभिक र ८५ औं मिनेटमा मित्रोभिकले सर्वियाका लागि गोल गरेका थिए । समूह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ । सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ । समूहको शीर्ष स्थानको युक्रेनले ५ खेलबाट १३ अंक जोडेको छ । शनिबार रातिकै खेलमा युक्रेनले लिथुआनियालाई ३-० गोल अन्तरले हरायो ।
नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा ७ पत्रकार सम्मानित भएका छन् । शुक्रबार महासंघको सभाहलमा भएको कार्यक्रममा पत्रकारहरु कुलचन्द्र न्यौपाने, ओम हमाल, टंकराज अधिकारी, दिनानाथ...
Read More
पोखरा, ४ असोज लायन्स क्लब अफ पोखरा हेमजाले गौरीशंकर बहुमुखी क्याम्पसलाई ५ थान कम्प्युटर टेबुल सहयोग गरेको छ । क्याम्पस संचालक समिति अध्यक्ष देवकृष्ण पौडेलले सहयोगप्रति धन्यवाद दिँदै सबैको...
Read More
पोखरा,१२ चैत । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना...
Read More
पोखरा १८,असार पोखरा महानगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छापा हानेको छ । मणिपाल शिक्षण अस्पताललाई निमार्ण सम्पन्न प्रमाणपत्रमा छुट दिएको उजुरीका आधारमा आयोगको टोलीले कार्यालयमा छापा हानेको...
Read More