नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप –२०७९ को तयारी पुरा (फोटो फिचर)
पोखरा , असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने नेपाल आइस छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । १ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छन । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता लाई सबै तह र तप्का वाट सहयोग गर्न अनुरोध समेत गरे । उनले पोखरामा एक मात्रै आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए ।
उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘पोखरा –२५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ । भोली ११ बजे देखी शुरु हुने उद्घाटन खेल भने आयोजक हेमजा यूनाइटेड र बिरगंज यूनाइटेड भिड्ने छन ।
पोखरा, ६ चैत । नेपाल उद्योग वाणिज्य महा संघको गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र...
Read More
पोखरा, २ भदौ अग्रज साहित्यकार तथा लेखक रवीन्द्र माकाजूको ६५ औं कृति सफलताका कथाहरू शनिवार पोखरामा एक समारोहका बीच लोकार्पण गरिएको छ । कृतिको लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले...
Read More
२ बैशाख पोखरा कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले...
Read More
पोखरा, १२ असार । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार...
Read More