नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप –२०७९ को तयारी पुरा (फोटो फिचर)
पोखरा , असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने नेपाल आइस छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । १ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छन । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता लाई सबै तह र तप्का वाट सहयोग गर्न अनुरोध समेत गरे । उनले पोखरामा एक मात्रै आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए ।
उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘पोखरा –२५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ । भोली ११ बजे देखी शुरु हुने उद्घाटन खेल भने आयोजक हेमजा यूनाइटेड र बिरगंज यूनाइटेड भिड्ने छन ।
काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद बैठकमा विश्वासको मत लिने भएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको...
Read More
पोखरा ,१५ फागुन । पोखरामा टाइगर ग्रुपको आयोजनामा सम्पन्न भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट १९ लाख बचत भएको छ। माघ २७ देखि फागुन १ गतेसम्म...
Read More
काठमाडौँ,२५ फागुन । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन ।तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख...
Read More
पोखरा,९ असोज । नेपाली काँग्रेस कास्कीले स्व. नेता भोजबहादुर गुरुङ सिकन्दरको १३ औं दिनको पुुण्य तिथिमा आज श्रद्वाञ्जली सभा गरेको छ । कार्यक्रममा काँग्रेस नेता तथा कार्यकर्ता,शुुभेच्छुक, आफन्त र...
Read More