नेपाल आइस अन्तराष्ट्रिय हेमजा गोल्डकप –२०७९ को तयारी पुरा (फोटो फिचर)
पोखरा , असार । शनिबारदेखि पोखरा महानगरपालिका २५ हेम्जामा हुने नेपाल आइस छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
हेमजा युनाइटेड क्लबको आयोजनामा हुने ‘छैटौं अन्तराष्ट्रिय हेमजा गोल्डकप–२०७९ आमन्त्रित फुटबल प्रतियोगिता का लागि आवश्यक तयारी पुरा भएको क्लबका अध्यक्ष इन्द्र कुवरँले जानकारी दिए । १ विदेशी सहित ८ टिम सहभागि हुने प्रतियोगितामा भोलिसम्म सबै क्लब पोखरा आइपुग्ने छन । पहिलो पटक गोल्डकपको रुपमा आयोजना गर्न लागिएको प्रतियोगिता लाई सबै तह र तप्का वाट सहयोग गर्न अनुरोध समेत गरे । उनले पोखरामा एक मात्रै आहा १ रारा गोल्डकप फुटबल प्रतियोगिता हुदैँ आइरहेको अवस्थामा पोखराबाट ग्रामिण भेगमा समेत गोल्डकप गर्न सकिने भन्ने सन्देश दिनका लागि प्रतियोगिताको आयोजना गर्न लागेको उनले बताए ।
उनले प्रतियोगितामा ए डिभिजन क्लबका साथै मोफसलमा हुने गोल्डकप फुटबल प्रतियोगिताका विजेता क्लबहरुलाई समेत आमन्त्रण गरेको सुनाए । ‘पोखरा –२५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ, चर्च ब्वाइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, विरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड को सहभागिता रहने भएको कुवरँले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भने उपविजेताले नगद ३ लाख रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गर्नेछन् । सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ तथा उत्कृष्ट डिफेनडर, फिडफिल्डर, फरवार्ड, गोलरक्षक तथा उदीयमान खेलाडीले २०÷२० हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुशासित टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हेम्जामा क्लबले फुटबल एकेडेमी संचालनार्थ आयोजना गर्न लागेको प्रतियोगिता असार ४ गतेदेखी ११ गतेसम्म संचालन हुनेछ । भोली ११ बजे देखी शुरु हुने उद्घाटन खेल भने आयोजक हेमजा यूनाइटेड र बिरगंज यूनाइटेड भिड्ने छन ।
पोखरा, ०१ फागुन । त्रिभुवन आर्मी क्लवका राजन रोकायाले १५ औं संस्करणको सफल पोखराअन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको उपाधि जितेका छन्। पोखरामा शनिबारभएको उक्त प्रतियोगितामा उनले २ सय ८ जना प्रतियोगिहरुलाई...
Read More
पोखरा, ३० चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य शिविर भएको छ । कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त शिविरका बीच...
Read More
चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा...
Read More
कमल पौडेल अथकपर्वत कुष्मा,३० माघलायन्स क्लव अफ पोखरा पिपल चौतारी र लायन्स क्लव अफ पुष्पाञ्जलीले पर्वतको कुष्मामा पुगेर शैक्षिक सामग्री र विद्यालय पोशाक हस्तान्तरण गरेका छन् । पर्वतको कुष्मा...
Read More