फोटोग्राफर संघ गण्डकीले नया क्यालेण्डर प्रकाशित गरेको छ । उक्त संस्थाका अध्यक्ष तथा कार्यसमिति सदस्य एवं अन्य सहभागीहरुको उपस्थितीमा हालै फोटोग्राफर संघ गण्डकीले यस नया वर्ष २०७९ को क्यालेण्डर एक समारोहका बिचफोटोग्राफर संघ गण्डकीको क्यालेण्डर बिमोचन गरेको हो । क्यालेण्डर समारोहमा संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलले क्यालेण्डर प्रकाशन गर्नुका उदेश्य र यस संस्थाको उदेश्य तथा प्रदेश भरी फोटोग्राफरका लागि भैरहेका क्रियाकलाव बारे प्रकाश पार्नु भएको थियो । क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संस्थाका कोषाध्यक्ष जिवन ढुड.गानाले क्यालेण्डर प्रकाशित गर्दाका भएगरेका कार्यहरु र आर्थिक सहयोगदाताहरुको बारेमा प्रकाश पार्नु भएको थियो । संस्थाका सचिव तुलसी राम सुबेदीले सञ्चालन गरेको सो कार्यक्रम फेसबुक लाइभ गरी प्रदेशभरीका सवै फोटोग्राफरहरुले कार्यक्रम अवलोकन गर्न सक्ने ब्यावस्था मिलाइएको थियो । अधिकांस पोखराका फोटोग्राफर ब्यावसायी संलग्न रहेको सो कार्यक्रम पोखराको पृथ्वीचोक स्थित होटल सेन्टरप्वाइटको सभाकक्षमा भएको थियो । यस फोटोग्राफर संघ गण्डकीमा गण्डकी प्रदेशका ११ जिल्लाका करिव ६ सय फोटोग्राफरहरु आवद्ध छन । प्राय धेरै जिल्लामा जिल्ला फोटोग्राफर संघको संस्था छन भने त्यसमा आवद्ध सदस्य गण्डकी फोटोग्राफर संघका सदस्य मानिन्छन । मनाड. र मुस्ताड. जस्ता दुर्गम हिमाली जिल्लामा केही फोटोग्राफर साथीहरु आवद्ध छन भने अन्य जिल्लामा जिल्ला संघ नै आवद्ध छ । गण्डकी प्रदेशमा करिव १ हजार देखी १२ सय फोटोग्राफर ब्यावसायी रहेको मानिन्छ । यि सवै संस्थामा संलग्न छैनन , कोही स्वतन्त्र ब्यावसायी छन भने कोही आवद्ध हुन सकेका छैनन । तर ६ सय फोटोग्राफर सदस्यको रुपमा नै स्पस्ट आवद्धता जनाएका छन । गण्डकी प्रदेशमा सवै भन्दा वढी कास्की जिल्लामा छन । कास्की जिल्लामा करिव ५ सय फोटोग्राफी ब्यावसाय गर्ने साथीहरु छन भने पोखरा फोटोग्राफर संघमा नै सदस्य नविकरण गरी आवद्ध भएर सक्रिय ब्यावसाय गरेका २ सय जना छन । कतीले नविकरण नगर्ने वा सदस्य बन्न नचाहने पनि छन । कास्की पछी नवलपुर र तनहुमा पनि धेरै फोटोग्राफी ब्यावसायमा संलग्न साथीहरु छन । सवै भन्दा थोरै ब्यावसायी मनाड. र मुस्ताड.मा छन ।
पोखरा , १५ माघ । पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप भलिबल’ खेल चलिरहेकै वेला दुईपटकसम्म तनावको अवस्थामा पुगेको थियो। खेल हेर्नका लागि...
Read More
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालले आफ्ना सदस्यको लागि २ दिने भिडियो इडिटिड.को एडब प्रिमियर प्रो एफ्टर इफेक्ट तालिम सम्पन्न गरेको छ । तालिमको समापन समारोहमा तालिम सहयोगी संस्था पोखरा...
Read More
जेठ २१ गते २०८२ लायन्स क्लब पोखरा अन्नपूर्ण द्धारा बिभिन्न ८ वटा क्लबलाई लायन बर्ष २०२५ ÷२०२६ बिभिन्न बिद्यालयमा खानेपानी टंकी निर्माणको लागि सहमति पत्र हस्तातरण गर्ने काम सम्पन्न...
Read More
काठमाडौं,०२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनविरुद्धमा घर–घरबाट उपस्थिती हुन अपील गरेका छन् । आइतबार उनले एक विज्ञप्ति जारी गर्दै आम...
Read More