जनताको प्रतक्ष सरकार मानिने स्थानिय निकायको चुनाव सम्पन्न भएको छ । यसपालीको मतदानमा प्रारम्भिक जानाकारी अनुसार ६० प्रतिसत भन्दा धेरै मतदान भएको छ । मतदानमा खासगरी ग्रामिण क्षेत्रमा सहभागी धेरै शहरी क्षेत्रमा कम भएको देखिन्छ । यसका अरु धेरै कारण भए पनि बैदेशिक रोजगार जानेको संख्या शहरमा धेरै भएकाले नै यसो हुन गएको हो । तर गाउ क्षेत्रमा भने मतदाताको उल्लेख्य उपस्थिती रह्यो । गाउका बृद्ध बुबा आमाहरु पनि लौरो टेकी टेकी मतदान स्थलमा आएको देखिन्थ्यो । उता यसवर्ष देखी मतदान गर्न उमेर पुगेका नया युवा मतदाताको उत्साह पनि उत्तिकै देखिन्थ्यो ।
कास्कीमा ६९ प्रतिसत मत खसेको सामान्य जानाकारी आएको छ भने आधिकारिक पुष्ठी हुन बाकी छ । देशकै ठुलो क्षेत्रफलको भएको पोखरा महानगर पालिकामा मात्र ९८ मतदान केन्द्र र २४२ भोटिड. बुथ थिए । कास्की जिल्लाका कुल ३३६ मतदान बुथ र १५० केन्द्र मध्य ५० मतदान केन्द्र केही जोखिम पूर्ण मतदान केन्द्र भनिएता पनि शुक्रबारका मतदानमा कुनै त्यस्तो अप्रिय घटेको भन्ने खवर आएको छैन । जिल्लाभर नै शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ । देशको ४१ स्थानमा मतदान प्रकिृया अशान्त भएको र छिटपुट केही स्थानमा घटना घटेकाले पूर्नमतदान हुने भए पनि मतदान सम्पन्न केही स्थानमा बेलुका मतगणना भएको जानाकारी आएको छ ।
कास्की जिल्लाको हकमा शनिबार बिहान बाट मात्र मतगणना हुने भन्ने जानाकारि आएको छ । पोखरा महानगरको मतगणना स्थल पार्दी शहिदचोकमा रहेको जिल्ला समन्वय समिति र नगर बिकास समितीका भवनहरुमा मतगणनाका लागि आवश्यक सवै तयार पुरा भएको जनाइएको छ । यसपाली नेपाल भरी १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए भने ८९ लाख ९२ हजार पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्यमा १८३ मतदाता थिए । निर्वाचन आयोगले देशभर १० हजार ७ सय ५६ मतदान केन्द्र र २१ हजार ९५५ मतदान केन्द्र स्थापना गरिएको थियो । कुल ७५३ स्थानिय तहको लागि ३५ हजार २२१ जना निर्वाचित हुने यो प्रक्रियामा मुख्य राजनैतीक दल र तिनका समर्थक हरुको नै मुख्य प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।
काठमाडौँ, ०७ फागुन । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ...
Read More
काठमाडौं, ११ मंसिर । पोर्चुगलमा बसेर व्यवसाय गर्दै आएका एकजना लमजुङका व्यवसायीको निधन भएको छ। लमजुङको दोर्दी गाउँपालिका ९ हिलेटक्सारका ४३ वर्षीय भक्तराज गुरुङको निधन भएको हो।पोर्चुगलमा विगत ५...
Read More
नेपाली सेनाले पछिल्ला दुई वर्षमा बन्दोबस्ती सामान खरिदमा भएका अनियमिततामाथि छानबिन सुरु गरेको छ । खरिद प्रक्रियामा रहेका तथा आपूर्ति भइसकेका घतक र गैरघतक सैनिक बन्दोबस्तीका सामानमा घोटला भएको...
Read More
पोखरा, १२ माघ । राष्ट्रिय लोकबाजा सारङ्गी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष तथा सङ्गीत शिक्षक धनबहादुर गायकको पोखरामा निधन भएको छ ।पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा आज बिहान ८ः३० मा...
Read More