अभियान युवा क्लबद्वारा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रम
पोखरा, वैशाख-११
पोखरा महानगरपालिका वडा नं. ५ मा अवस्थित अभियान युवा क्लबले २०७९ सालको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम क्लब सचिवालय परिसरमा शनिबार सम्पन्न गर्यो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल मद्धती तथा सेवा गुल्म कास्कीका गुल्मपति प्रहरी निरिक्षक लालबहादुर बस्नेत, जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा, ट्राफिक प्रहरी बिट प्रस्याङका प्रमुख उज्वल चिलवाल, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका सुर्य बहादुर केसी, अभियान महिला समूहकी अध्यक्ष लक्ष्मी शर्मा, अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसी, अभियान युवा क्लबका पूर्व अध्यक्ष मोहन बहादुर केसीलगाएतले संयुक्तरुपमा बिमोचन गरेका हुन् ।
बिमोचन पश्चात नववर्ष २०७९ सालको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको छ । साथै क्लबका कार्यलाई अतुलनिय योगदान गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरिक्षक होत बहादुर रोकाहा र अभियान महिला समूहकी पूर्व अध्यक्ष शर्मिला केसीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य राजेन्द्र खत्रीले राखेका थिए । क्लब अध्यक्ष राजु गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन क्लब सहसचिव जिबन आचार्यले गरेका थिए ।
कमल पौडेल अथकपोखरा २७, पुसबजारमा हुने खाद्य मिसावट र ठगीवाट जोगिन स्वयं उपभोक्ता नै सचेत हुन आवस्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित...
Read More
पश्चिमा देशका नेताहरूप्रति कटाक्ष गरि राष्ट्रवादी नेताको छवि बनाएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटरटेले फिलिपिनी जनतालाई भ्रष्टाचार विरुद्ध सशक्त प्रतिकारमा उत्रिन आव्हान गरेका छन। एक सार्वजनिक कार्यक्रम मार्फत राष्ट्रपति डुटरटेले...
Read More
पोखरा, १८ भदौ । स्याङ्जा पोखरा सडकखण्डको पुम्दिकोट भ्युट पोइन्ट नजिक पहिरो जादा सडक अवरुद्ध बनेको छ । पुम्दिकोट स्थित गौरीशंकर दुग्ध डेरी नजिक पहिरो जादा बाटो अवरुद्ध बनेको...
Read More
पोखरा, ६ मंसिर । जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मत अन्तरले अग्रता कायम राखेका छन् । ६ हजार ९२७ मत गणना हुँदा शाहीले ४ हजार ९१ मत पाएका...
Read More