साइकल सिटी पोखराको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा अभिशेक कोइराला (फोटो फिचर)
फागुन,पोखरा ।
स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् ।
क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा प”साद अधिकारी,रक्से लामा र राजिव मुल्मी निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन संयोजक प्रकाश बज्राचार्य ले जानकारी दिएका छन ।
प्रम’ख अतिथि प’राना साईकलिस्ट तथा चित्रकार आलोक गुरुङ्गले साइकलको महत्व र उपयोगिता धेरैनै रहेको र स्वाश्थ्य तथा पर्यावरणका लागी अति उपयोगी भएको उल्लेख गरे तेस्तै अतिथि कास्की जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष शंकर भण्डारी, पुर्व अध्यक्ष प्रकाश बज्राचार्य, जितेन्द्रमान शाक्य, ले साइकल सिटी पोखराले उल्लेखनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सभाले कोषाध्यक्ष जय गुरुङ्ग ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखरा भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा संयोजक राजन गोङ्गजु लाई मायाको चिनो प्रदान गरिएको थियो भने साइकल मार्फत बिभिन्न ठाउहरुको प्रमोशन साथै भिजिट गर्ने साइकलिष्टहरुलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष महेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अभिशेक कोइराला र कार्यक्रम संचालन जय गुरुङ्गले गरेका थिए ।
कमल पौडेल अथक पोखरा २२, असोज पोखरा महानगरपालिकाका केही कर्मचारीले आर्थिक बद्मासी गरेको रहस्य खुलेको छ । महानगरबाट राजिानामा दिएर गएका सातौं तहका एक कर्मचारीको खातामा नियमित तलब भुक्तानी...
Read More
पोखरामा आज भएको टाइगर कप भलिबल प्रतियोगितामा एपिएफले नेपाल पुलिस क्लबलाई सोझो सेटमा जितेको छ । आज उद्घाटन पछी भएको समूह बी को खेलमा एपिएफ नेपाल पुलिसलाई ३ नै...
Read More
यो तस्बिर पोखराको उत्तरतर्फ पर्ने हेमजा–याम्दी क्षेत्रको सुन्दर प्राकृतिक दृश्य हो। तस्बिरमा बगिरहेको स्वच्छ सेती नदी, हरियाली पहाड तथा टाढा देखिने हिमालहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्य झल्काउँछन्। विशेष गरी...
Read More
काठमाडौं,२७ चैत । सांसद पद गुमे पछि मन्त्री पद गुमाको चार मन्त्रीको आजै पुनर्नियुक्ति र सपथ हुने भएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले पदमुक्त भएका चारै मन्त्रीलाई पुनर्नियुक्ति गर्न लागेका...
Read More