पोखरा फोटोग्राफर संघ को ४० औँ बार्षिकोत्सव सम्पन्न (फोटो फिचर)
पुष १७,पोखरा पोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का पुर्व अध्यक्ष टुकलाल नेपाली को प्रमुख अतिथ्य एवम गण्डकी प्रदेश फोटोग्राफर संघका अध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष खडानन्द अधिकारी विशेष अतिथि का रुपमा रहेका थिए । , संघका संरक्षक पुर्व अध्यक्ष ,फोटोग्राफी अवार्डका अक्षयकोषदाताहरु अतिथिको रुपमा उपस्थित रहेका थिए पोखरा फोटोग्रफर संघका उपाध्यक्ष रामचन्द्र पोख्रेल संयोजक रहेको उक्त कार्यक्रममा फोटोग्राफर संघ संग आवद्ध साधारण तथा अजिवन सदस्यहरु लाई सम्मान गरिएको थियो भने, संघका सदस्यका छोरा छोरी मध्यबाट कक्षा १२ पास उत्तिर्ण हुने करिब १२ जना विद्यार्थी हरुलाई सम्मान गरीएको थियो । फोटोग्राफरहरु मिलेर खोलिएको संस्था कैलाश सहकारी बचत तथा ऋण सहकारी संस्थाका नवनिवाचित कार्यसमिति लाई पनि सम्मान गरियो । यसैगरी मिराज बेडिङ्ग भिडियो तथा पोर्टेट फोटोग्राफी अवार्डका अक्षयकोष दाता भक्त तामाङ्ग र बृहश तामाङ्ग लाई सम्मान गरिएको थियो ।
करिब १८० भन्दा बढि साधारण तथा आजिवन सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलहरु खेलाएर उत्साहजनक वातावरणमा कार्यक्रम सम्पन्न भएको थियो ।औपाचारिक कार्यक्रममा प्रमुख अतिथि ज्युबाट फोटो खिचेर कार्यक्रम को उद्घाटन गरिएको थियो भने पोखरा फोटोग्राफर संघको बार्षिक रुपका प्रकाशन हुने फोकस बुलेटिन विमोचन गरीएको थियो ।कार्यक्रम मा विशेष अतिथि फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गाप्रसाद पौडेल संस्थालाई संस्थागत रुपमा अघि बढाउनु पर्ने र देशै भरिको उत्कृष्ठ संघ रहेको बताए । कैलाश सहकारी का अध्यक्ष खडानन्द अधिकारी ले फोटोग्राफरहरु मिलेर खोलेको कैलाश सहकारी ले आर्थिक रुपमा छलाङ्ग मार्न सक्ने हुंदा सबै फोटोग्राफर हरुकैलाश बचत तथा ऋण सहकारी मा आवद्ध भई यसैले खोलेको कैलाश फोटो फ्रेम उद्योग वाट सेवा लिन आग्रह गरेका थिए । , संस्थाका संरक्षक गणेश छवी ले संस्थाले आयमुलक काम गर्नुपर्ने बताए , कार्यक्रममा महिला उपसमिति संयोजक शान्ति सुवेदी, कैलाश फोटोग्राफर अफ द इयर फोटोग्राफी अवार्डका दाताको तर्फ वाट विनोदराज ढकाल ,निवर्तमान अध्यक्ष रविनाथ दाहाल र सम्मानित विद्यार्थीको तर्फबाट कृति पोख्रेल ले आफ्ना भनाई एवम शुभकामना मन्तव्य राखेका थिए । संस्थाका तर्फबाट सचिव विशुराज बरालले सचिवको प्रगति प्रतिवेदन , कोषध्याक्ष नारायणहरी अधिकारी ले कोषाध्यक्षको प्रतिवेदन राखेका थिए । संस्थाका अध्यक्ष जनकराज तिवारी को अध्यक्षतामा भएको कार्यक्रम सचिव बिशुराज बरालले संचालन गरेका थिए ।
काठमाडौं,२१ पुष । मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको...
Read More
पोखरा, ६ माघ । गण्डकी प्रदेश जिम्न्याष्टिक संघको शनिबार सम्पन्न भेलाले योगेन्द्र गुरुङको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । समतिको उपाध्यक्ष राजु केसी, सचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा राजु...
Read More
पोखरा, २४ फागुन । पद्मावती मिडिया प्रालिद्धारा सञ्चालित रेडियो जननी ९०.६ मेगाहर्जले आफ्नो दशैँ वार्षिकोत्सव मनाएको छ । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवुरमा रेडियो आफ्नो वार्षिकोत्सव मनाएको हो...
Read More
१३ आश्विन २०८१, पोखरा पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगितामा सशस्त्र प्रहरी बल एपीएफ क्लबका निरोज भट्ट क्षत्रीले उपाधि जितेका छन्। पोखरा २२ पुम्दीभुम्दी को खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...
Read More