२९ साउन,पोखरा हिन्दुहरुले आजको दिनसरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्कोटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।
नागपञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित् नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डँस्छ । उनको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे । यसका लागि उनले महायज्ञ शुरु गर्छन्, त्यसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षकबाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जनमेजयसम्म आइपुग्छन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जनमेजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यसपछि आजैका दिन पुर्नजीवन पाएको विश्वास गरिन्छ ।
यस दिन नागदेवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामन्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
हेमजा । पोखरा–२५,हेमजामा अवस्थित देवीस्थान सेवा समाजले शनिवार सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । ‘कृषिमा कृषकलाई प्रोत्साहन, विष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ समाजको आयोजनमा यही असार...
Read More
पोखरा, ६ साउन पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल...
Read More
काठमाडौं, १६माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने श दिहीदवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज...
Read More
पोखरा १५ कार्तिक । गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेल क्षेत्रमा व्यापारीकरण गर्न दिन नहुने बताएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बुधबार पोखरामा...
Read More