२९ साउन,पोखरा हिन्दुहरुले आजको दिनसरिसृप अर्थात् घस्रेर जमीनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । श्रावण शुक्लपक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिन्छ । यो दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवतासमक्ष पुग्ने जनविश्वास छ । वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ । जसमा अनन्त, वासुकि, शेष, पद्यम, कम्बला, कर्कोटक, अश्भतरा, धृतराष्ट्र, शङ्कपला, कालिया, तक्षक र पिङ्गला पर्छन् । यी सम्पूर्ण नागको आजकै दिन पूजा अर्चना गरिन्छ ।
नागपञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित् नाम गरेका राजालाई तक्षक नाम गरेको नागले डँस्छ । उनको मृत्यु हुन्छ । उनका छोरा जनमेजयले बुबाको मृत्युको प्रतिशोधका लागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे । यसका लागि उनले महायज्ञ शुरु गर्छन्, त्यसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्षकबाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भष्म हुन्छन् । तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्षक पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जनमेजयसम्म आइपुग्छन् । यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्तिकाले जनमेजयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यसपछि आजैका दिन पुर्नजीवन पाएको विश्वास गरिन्छ ।
यस दिन नागदेवताको पूजा अर्चनाका लागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा ९अर्थात् भुटेर फूल उठेको धान० चढाइन्छ । सामन्यतया अगाडि सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।
काठमाडौं,०६ बैशाख । सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट...
Read More
पुष १७,पोखरापोखरा फोटोग्राफर संघ पोखराको ४० औं बार्षिकोत्सव सम्पन्न भएको छ । उक्त कार्यक्रममा फोकस बुलेटिन बिमोचन तथा पारिवारिक बनभोज कार्यक्रम सम्पन्न भएको थियो । पोखरा फोटोग्राफर संघ का...
Read More
काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक।। मानिसमा भन्दा कागमा एक कुराको चेतना छ त्या हो भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना...
Read More
२३,फागुन पोखरा ।गण्डकी प्रदेशको आइटी पार्क निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आइटी पार्क निर्माणको शुभारम्भ गर्नुभएको हो...
Read More