रुस्लान थ्रीस्टारलाई नेपाल पुलिस क्लबले फराकिलो अन्तर ले पराजित गरेको छ थ्रिस्टारलाई १९ औं आहा रारा गोल्डकपबाट बिदाई गर्दै पुलिसले उपाधि दावेदारी प्रस्तुत गरेको छ ।
मंगलबार पोखरा रंगशालामा नेपाल पुलिस क्लबले थ्रीस्टार विरुद्ध ४–० गोलको फराकिलो जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्यो । २९ औं मिनेटमा नेपाल पुलिस क्लबले फ्रिकिकको अवसर प्राप्त गर्यो । फ्रिकिक प्राप्त बललाई तेज तामाङले पेनाल्टी बक्सभित्र खसाले । पेनाल्टी बक्सभित्र मार्किङविहीन रहेका बुद्धबल तामाङले ‘वान टच’मा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । सहारा क्लबको आयोजनामा सञ्चालित गोल्डकप सबैभन्दा बढी उचाल्ने मध्येको पुलिसले थ्रीस्टारको चुनौतिलाई पन्छाउँदै सेमिफाईनल प्रवेश गर्यो । पहिलो हाफमै १–० ले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।
६८ औं मिनेटमा पुलिसले दोस्रो गोल थप्यो । सुमन लामाले बायाँ डिबक्स तर्फ उपलब्ध गराएको पासलाई निरकुमार राईले तेज तामाङको लागि व्याकपास उपलब्ध गरे । तामाङले क्रसबार च्याप्दै गोल गरेपछि पुलिस जित तर्फ उन्मुख हुदैं गयो । ७४ औं मिनेटमा सुमन लामाको व्यक्तिगत दोस्रो क्रस पासमा बुद्धबल तामाङ नेपाल पुलिसका लागि तेस्रो गोल गदैै फराकिलो नजिता तर्फ अगाडि बढ्यो । ८६ औं मिनेटमा सुमन लामाको पासमा सौजन राईको क्लिन फिनिसिङ गर्दै नेपाल पुलिसलाई ४–० अग्रता सँगै जित सुनिश्चित बनाए ।
म्यान अफ दि म्याचको हकदार भने तेज तामाङ घोषित भए ।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई सरकारले पुनः नियुक्ति गर्नुु पर्ने भन्दै पोखरामा नागरिक हरुले शान्तीपूर्ण धर्ना कार्यक्रम गर्दै
Read More
३० जेष्ठ ,पोखरा पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्रमा निर्मित अनधिकृत संरचना तथा प्लटिङमा डोजर चलाएको छ ।कृषिका लागि भन्दै सिमसार क्षेत्र पुरेका र प्लटिङ गरिएका ठाउँमा महानगरले डोजर चलाएको...
Read More
कमल पौडेल अथक पोखरा २८, भदौरे, कास्की नेपाली कांग्रेस कास्कीका नेता स्वर्गीय भोजबहादुर गुरुङ सिकन्दरको तेस्रो स्मृति सभाको अवसरमा कास्कीको अन्नपूर्ण गाउँपालिका ४ भदौरेमा रहेको बहादुरे माध्यमिक विद्यालयका विद्यार्थीलाई...
Read More
फागुन,काठमाडौ फोटोग्राफर संघ गण्डकी का मनाङ जिल्ला संयोजक नवीन लामिछाने पुरस्कृत भएका छन् । लामिछानेलाई आइतबार राष्ट्रिय समाचार समितिको ६२ओै बार्षिकोउत्सव समाहरोहमा उत्कृष्ट फोटो पत्रकार को रुपमा पुरस्कृत गरिएको...
Read More