भाद्र २१ गते २०८३
पोखरा फोटोग्राफर संघमा महिला नेतृत्व
२० भाद्र ,पोखरा
पोखरा फोटोग्राफर संघको इतिहासमा पहिलोपल्ट महिला नेतृत्व आएको छ । शनिबार भएको संघको ४५ औं वार्षिक साधारणसभा एवं २५ औं अधिवेशनले नन्दकला पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो।
यसअघि संघमा उपाध्यक्ष रहेकी पौडेल २०७२ सालदेखि संघमा आबद्ध हुंदै कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष वाट नेतृत्वमा पुगेकी हुन् ।
२०३९ सालमा स्थापना भएको पोखरा फोटोग्रोफर संघ नेपालमै फोटोग्राफरको पुरानो संघ हो । संघको ४५ वर्षे इतिहासमा संघले महिला नेतृत्व पाएको छ । संघका संस्थापक अध्यक्ष शम्भुरत्न शाक्य हुन् ।
निर्वाचन समितिका संयोजक रामचन्द्र पो्ख्रेलका अनुसार संघको उपाध्यक्षमा लक्ष्मी पति पौडेल, सचिव अग्निधर तिमिल्सिना र कोषाध्यक्ष राजुप्रसाद तिमिल्सिना निर्वाचित भए । यसैगरी, सदस्यमा प्रकाश पौडेल, प्रेम श्रेष्ठ, मिरु लम्साल, चन्द्रप्रकाश ढुंगाना र बविता पौडेल रहेका छन् ।
कार्यक्रमको उद्घाटन कास्की–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य उत्तमप्रसाद पौडेलले गरेका थिए ।
संघ अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्मारिका विमोचन गरिनुका साथै पाँचौं संस्करणको फोटोग्राफी अवार्ड पनि प्रदान गरिएको छ । जसमा विभिन्न ९ विधामा अवार्ड प्रदान गरिएको संघ अध्यक्ष तामाङले बताए । जुरी कमिटी संयोजकमा नेपाल फोटोग्राफर महासंघका केन्द्रीय उपाध्यक्ष दुर्गाप्रसाद पौडेल थिए ।
नेपालकै पुरानो पोखरा फोटोग्राफर संघकै पहलमा गण्डकी फोटोग्राफर संघ र नेपाल फोटोग्राफर महासंघ स्थापना भएका हुन् । संघका करिब ३०० सदस्य रहेकोमा २५ औं अधिवेशनसम्म १८८ सदस्यले नवीकरण गरेका थिए ।