भाद्र ३१ गते २०७६
राष्ट्रिय युवा संघका अध्यक्षको जिल्ला समितिलाई निर्देशन-‘माथिल्लो कमिटीको अनुमतिविना निर्णय नगर्नू’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष राम प्रसाद सापकोटा’दिपशिखा’ले आफ्ना जिल्ला संगठनहरूले निर्णय गर्नु पूर्व आफूभन्दा माथिल्लो कमिट संग समन्वय गरि अनुमति लिन निर्देशन दिनु भएको छ।अध्यक्ष दिपशिखाले सामाजिक सञ्जाल फेसबुक मार्फत निर्देशन दिनु भएको छ।
पछिल्लो समय ज्ञानेन्द्र शाहीलाई कास्की लगायतका केहि जिल्लाहरुमा तत्कालिन वाइसिएल र युवा संघले प्रवेश निषेध गरेको थियो।
“राष्ट्रिय युवा संघका कमरेडहरुलाई स्थानीय विषय बाहेक अन्य विषयहरूमा धारणा वा निर्णयहरू सार्वजनिक गर्नुपूर्व केन्द्र वा आफूभन्दा उपल्लो कमिटीसँग अनुमति लिनुहुन आग्रह गरिन्छ,” उहाले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा सार्वजनिक गर्दै भन्नु भएको छ।
नेपालगञ्जमा पर्यटनमन्त्री योगेश भट्टराईको कारण प्लेन उड्न ढिलाई भएको भन्दै शाहीले प्लेनभित्रै गालीगलौज गरेका थिए। त्यसको विरोध वाइसीएल र युवासंघ कास्कीले शुरुमा शाहीलाई कास्की प्रवेशमा निषेध गरिएको भन्दै विज्ञप्ति जारी गरेका थिए। त्यसलगत्तै अन्य जिल्लाहरुमा पनि प्रवेश निषेध गरिएको भन्दै विज्ञप्ति जारी गर्ने लहर चलेको छ।