पोखरा साउन १
कर्कट सक्रान्ति अर्थात साउने सक्रान्ती, सुर्यको किरण कर्कट रेखातर्फ उन्मुख हुने अर्थात सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्ने हुनाले यसलाई कर्कट सक्रान्ती पनि भनिन्छ। यसै दिन सुर्य नारायणको दक्षिणायन प्रारम्भ हुन्छ । हरेक वर्ष श्रावण महिनाको पहिलो दिनलाई विशेष रुपले मनाइन्छ यस दिनलाई साउने सक्रान्ति तथा लुतो फाल्ने दिनको रुपमा मनाउने गरेको पाइन्छ ।
वर्षाकालको अन्त्य नागपञ्चमी मानिए पनि यस श्रावण सक्रान्तीको दिन वर्षाको कारण केहि नराम्रो भएन बाँचियो भन्ने भावना राख्दै पवित्र नदीतलाउमा स्नान गरि पाठपुजा समेत गर्ने प्रचलन रहेको पाइन्छ ।
वर्षा यामको हिलो र अशुद्ध पानीको कारण अनेक प्रकारका रोगहरु जस्तैः लुतो, पिलो, खटिरो, झाडापखाला आदिको महामारी फैलन सक्ने हुँदा आफ्नो व्यक्तिगत सरसफाइलाई विशेष ध्यान दिँदै विभिन्न प्रकारका साँस्कृतिक पुजापाठमा सरीक हुने परम्परालाई निरन्तरता दिइँदै आएको पाइन्छ ।
पहाडी भिरपाखा, खेतवारी र चउरमा पाईने सर्जामहरु लुतेझार स्युँडी कुरिलो कुकुरडाइनो पानीसरो रायो उखुकापात बाँसकापात धोबिनी पातफुलसहित सिरु सस्र्यु हाडेउनियो मालटाटो निबुवा, सुन्तला आदी जोडि फलभएको साउने आरुको झुप्पो केराकोपात जौ, तिल, कुश दुनामा दिप आदी जम्मा गरि दियो, कलश र गणेशको स्थापना गरि जौ, तिल, चन्दन, अक्षता र फुलले पुजा गरि धुपदिप गरिन्छ र शंख घण्टा बजाएर पूजा गर्ने चलन रहेको छ ।
यसरी जम्मा पारिएका सर्जामहरुमा काण्डारक नामक राक्षस उपस्थित भएकोमानी जौ, तिल, अक्षता आदी पंचोपचारले पुजा गरिन्छ ।काण्डारक को पुजा गरिसकेपछी बालिएका ४ वटा अगुल्टा घरको चारैदिशा तर्फ फालिन्छ । लुतोलाई जा लुतो लईजा भन्दै वरपरका गाउँहरुको नाम लिइन्छ ।
पुजा गर्ने ठाउँमा राँका बाल्ने र चौतर्फी सलेदाहरु फ्याकिने हुनाले चारैदिशा उज्यालो र झलमल हुन्छ । राँको शब्दको अर्थ प्रकाश वा पुर्णिमा भएको र यसले लुतोलाई समेत जनाउने हुनाले यसदिनलाई लुतो फाल्ने वा राँके सक्रान्ति भनिएको हो ।
काण्डारक पुजा सकिए पछी तिउरी लगाउने चलन पनि पाइन्छ । जुन अहिले मेहेन्दीको नाम वाट प्रख्यात छ । अर्कोतर्फ साउन मा नयाँ निस्केका अनाज मकै र फलेका निबुवा, सुन्तला,नासपति जस्ता फलफुलहरु अव उप्रान्त खाँदा हुने भयो भन्ने कुरा पनि हो ।पछिललो समय श्रावण महिनामा शिव भक्तहरुको बिशेष महिना हुने गरेको छ । श्रावण महिनाबारे पौराणिक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यसपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान् शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहनुभएको उल्लेख छ । यसरी विष ग्रहण गरेर नीलकण्ठ भएका भगवान् शिव नेपालमा अवस्थित गोसाँईकुण्डमा गएर सुत्नुभएको र विषको असर कम गर्नुभएको उल्लेख छ । यसरी विषको प्रभावमा रहनुभएका शिवलाई यस महिना शिव लिङ्गमा जल तथा बेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । यो महिना भरका सोमवारमा भक्तजनहरु बिभिन्न शक्तिपिठमा गएर भगवान शिव प्रति श्रद्धा र आस्था प्रकट गर्ने गर्दछन ।
पोखरा, २२ जेठ आज बिश्व वातावरण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु प्रकृति हस्तान्तरण गर्नु र...
Read More
काठमाण्डौ, १८ माघ । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण मृत्यु...
Read More
पोखरा । पोखराको अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको साथ वढ्दै गएको छ । महोत्सवको तेश्रो दिन शनिवार महोत्सवमा दर्शकको उल्लेख्य उपस्थिती रहयो । दर्शकको उपस्थिती संगै महोत्सवमा राखिएको...
Read More