असार ९ गते २०८३
तमु धिं स्याङ्जाको वार्षिकोत्सव सम्पन्न, मे.लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङले अक्षयकोष स्थापना
स्याङ्जा, ८ असार ।
तमु जातिको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु गुरुङ समाजमा भव्यताको साथ सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गण्डकी प्रदेस सभा सदस्य पुर्व मन्त्री पन्चराम गुरुङले तमुहरु बिच एकता, सकृयता, सचेतता बिना अग्रगतिमा लाग्न नसक्ने बताउनु भयो। तमुहरु अब अरुले अधिकार दिएन, पछि पारे, हामी राज्यबाट ठगियौं भन्ने मानसिकताबाट माथि उठेर सबै तमुहरु एक भइ अधिकार खोसेर लिनुपर्ने बताउनुभयो। राज्यबाट अझै असमानता छ, चाहे बिकास निर्माण होस वा सेवा सुविधा होस तर अबको समय हामी गुरुङहरु एकतावद्ध भयौं भने सबै विभेदहरु अन्त्य हुने उहाँको भनाई थियो। गण्डकी प्रदेस सभाभित्र म माननीय हुँला बाहिर तपाईहरुको भाई छोरा साथै हली हुँ माननीय नभन्नुस, कुनै समस्या परेमा रातको बाह्र बजे पनि उपस्थित हुने प्रतिवद्धता समेत उहाँको थियो। तमुहरुको एकता, तमु समुदाय र तमु धिंको निम्ति आफ्नो तर्फबाट सक्दो साथ रहने गुरुङले उदघोष थियो ।
तमु धिं नेपाल केन्द्रिय समितिका अध्यक्ष हुमबहादुर गुरुङले वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपाल तमुहरुको एकता, तमु जातिको भाषा, कला, संस्कार संस्कृति संरक्षण बिकास, अग्रगतिको लागि स्थापित भएकाले दुख सुखमा सधै तमुहरु कै साथमा रहेको बताउनु भयो। तमु एकताका लागि तमु धिं नेपाल सधै तयार छ, संस्थाको नाममा कसैले अहमता र संकुचित भावनाबाट ग्रसित हुनुहुदैन, विशाल भावना असल मनसाय आवास्यक छ उहाँको भनाई थियो। अब तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति पालिका, वडा, गाउहरुमा संगठन निर्माणको अभियानमा पुग्नुपर्दछ, राज्यबाट प्राप्त अधिकार कार्यन्वयन गर्न र पाउनुपर्ने अधिकारको लागि अभियानमा जुट्नुपर्ने बताउनुभयो।
तमु धिं नेपाल केन्द्रिय सदस्य कृष्ण कुमार गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपाल एकताका निम्ती इमान्दारपुर्वक अघिबढेको छ, एकताकै लागि संगठन बिस्तार अभियानलाई लामो समयदेखि स्थगन राखेकोमा अब पहिलो चरणमा तमुवान भुमि गण्डकी प्रदेसलाई संगठित गर्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अघि बढ्ने बताउनुभयो। तमु धिं नेपाल र तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदको एकताको प्रक्रिया प्रष्ट पार्दै उहाँले तमु एकतामा तमु धिं नेपाल इमान्दार छ,यदि रहेन भने आफुले संस्थामा बिद्रोह गर्ने र तमु ह्युल छोंज धिं भित्रका इमान्दार तमुहरुले पनि विद्रोह गर्ने आँट गर्नुपर्छ भन्नुभयो ।
तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य रबिन गुरुङले शुभकामना व्यक्त गर्नुहुन्दै तमु एकता लागि सबै संस्था सकरात्मक हुनुपर्दछ भन्नुहुदै तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषदभित्र आफुहरुले एकतालाई सार्थकता बनाउन बारम्बार जोड दिइरहेको बताउनुभयो। एकताकै चरणमा तमु धिं नेपालको स्याङ्जाको गतवर्षको भेलामा अवरोध र जापानको घटना दुखदायी भएको उहाँको भनाई थियो। नेतृत्वदायी संस्थाहरुले जुटाउने हो फुटाउने होइन भन्नुहुदै गुरुङले तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिले स्याङ्जा जिल्लाका तमुहरुलाई एकताबद्ध बनाउने अभियानमा सधै आफ्नो साथ रहने बताउनु भयो।
तमु धिं नेपाल संरक्षक परिषद सहसंयोजक वरिष्ठ समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु र भुपु सैनिकहरुको एकताले गुरुङ समुदाय अग्रगतिमा लाग्नसक्ने भएकाले आफुहरुको पहलमा गोर्खा कम्युनिटी पोखरा लगायतको संस्था स्थापना गरेको बताउनुभयो। तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सधै सकृयतापुर्वक अघि बढ्नका लागि मेजर लक्ष्मीप्रसाद गुरुङ र धर्मपत्नी तमु धिं केन्द्रिय समिति सदस्य हुमकुमारी गुरुङको तर्फबाट १ लाख १ हजार ११५ रुपैयाको अक्षयकोष रकम हस्तान्तरण साथै स्थापना दिवसको अवसरमा वार्षिक दश हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो।
तमु धिं युकेका संस्थापक सल्लाहकार एवम गोर्खा स्मारक ट्रष्ट साल्मेडाडाका संयोजक डा। चन्द्र बहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु भाषा संरक्षणका लागि सबै तमुहरुले मातृभाषा बोल्ने र तमु क्युईको संरक्षण र विकासका लागि तमु धिं स्याङजाले प्राथमिकता दिनुपर्ने गुरुङ भाषामै मन्तव्यबाट सुझाव दिनुभयो।
तमु धिं नेपाल कास्की जिल्ला समिति अध्यक्ष प्रेमबहादुर गुरुङले वार्षिकोत्सव सफलताको शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको संस्थागत एकता आवाश्याकतामा जोड दिनुभयो।
कोल्मा बहाकोट तमु समाज पोखराका अध्यक्ष पुर्णबहादुर गुरुङले तमु धिं नेपाल स्याङजा जिल्ला समिति गठनको समयमा योजनाबद्ध घटना फेरि पनि नदोहोरियोस भन्नुभयो। उहाँले हामी तमुहरु एकता हुनुपर्दछ, अब तमु धिं स्याङ्जाको संगठन निर्माण अभियानमा सबैको साथको अपेक्षा गर्नुभयो । काहुलेमा बिगतमा गएको पहिरो पिडितलाई सबै भन्दा धेरै सहयोग, बिरामीहरुलाई सहयोग, भाषा, शिक्षा, संस्कृति लागयतको क्षेत्रमा तमु धिं नेपालको सहयोगको अतुलनीय रहेको बताउनुभयो।
तमु गुरुङ समाज स्याङ्जाको अध्यक्ष अण बहादुर गुरुङले शुभकामना ब्यक्त गर्नुहुदै तमुहरुको दुख सुखमा एकै थलोमा रहनुपर्ने बताउनु भयो।
क्याम्बर अफ कमर्श स्याङ्जाको अध्यक्ष श्रीबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमुहरुको समृद्धिको लागि आफ्नो साथ रहने बताउनुभयो।
तमु गुरुङ समाज स्याङ्जाका महासचिव डिवी गुरुङले तमु समाज स्याङ्जा जिल्ला प्रसासन कार्यलय स्याङ्जामा दर्ता भएको स्वायत्त संस्था भएकाले आगामी दिनमा पनि तमु संघ संस्थाहरुसंग सहकार्य गरिने बताउनुभयो।
कार्यक्रममा तमु धिं नेपाल स्याङ्जा जिल्ला समिति सहसचिव गायिका ममता गुरुङ, तमु धिं नेपाल केन्द्रिय युवा समिति सचिव गायक रामप्रसाद गुरुङ र गायिका निसा गुरुङले आफ्नो गायन प्रस्तुति साथै तमु धिं नेपाल बिध्यार्थी समिति, तमु गुरुङ समाज स्याङ्जा र कोल्माबहाकोट तमु समाजका कलाकारहरुले बिबिध साँस्कृतिक प्रस्तुति गरी मनोरन्जन दिलाएका थिए भने कार्यक्रम सफलताको शुभेक्षा सहित विभिन्न सहयोगदाताहरुले सहयोग गरेका थिए ।
तमु धिं नेपाल स्याङ्जा जिल्ला समितिका अध्यक्ष बालकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आइ बहादुर गुरुङले स्वागत र सचिव जितबहादुर गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियो।