वैशाख १ गते २०८३
कालाभैरव मन्दिर व्यवस्थापन समितिकोको १५ औ वार्षिक साधारण सभा सम्पन्न
कमल पौडेल अथक
नुवाकोट १, वैशाख
श्री कालाभैरव पुरातात्विक मन्दिर व्यवस्थापन समिति फेदीखोला २ नुवाकोट स्याङ्जाको १५ औ वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री एवं सांसद पञ्चराम गुरुङले देशको आर्थिक विकासमा टेवा पुर्याउने काम धार्मिक पर्यटनले सघाउने बताए ।
उनले पुर्खाले आर्जेका कला संस्कृति र थाँतथलोको संरक्षण गर्न सके पर्यटक भित्र्याउन सकिने धारणा व्यक्त गरे ।
मन्दिरमा जानको लागि केवलकारको आवश्यकता रहेको भन्दै आगामी दिनमा सो कुराको ध्यान दिने उनले बताए ।
सो अवसरमा समितिले गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।
समितिका अध्यक्ष ह नरकाजी गुरुङले आफुले १७ वर्षदेखि धेरै संघर्ष र मेहनत गरेर मन्दिर परिसरमा विभिन्न संरचना तयार गरेको बताए । बिस १५१० को इतिहास भएको मन्दिर संरक्षण र विकासमा राज्यले ध्यान दिनुपनेमा जोड दिए । 
सो अवसरमा समितिद्वारा प्रकाशित प्राध्यापक डा दीलवहादुर क्षेत्रीद्वारा संकलित एवं लिखित पश्चिम ४ नंवर नुवाकोट राज्य ऐतिहासिक र सांस्कृतिक सम्पदा तथा गुठीव्यवस्था विषयक पुस्तक लोकार्पण गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रा डा दिलबहादुर क्षेत्रीले इतिहास खोजेर भावि पुस्तालाई जानकारी गराउने उद्देश्यले पुस्तक तयार पारेको बताए । उनले पुस्तकमा इतिहास लेखनको क्रममा केही कुरा छुटेको भए तथ्य र प्रमाण सहित सुझाव दिन आग्रह गरे ।
उनले पुस्तकमा भएका कुराहरु विभिन्न लेख आलेख र सम्पदा सँग जोडिएका विषयवस्तु भएको बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ह मे नरकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार प्रेमप्रकाश गौतम, वडा सदस्य कलावती बस्नेत, नारायण तिमिल्सिना र सचिव शिवप्रसाद गौतम लगायतले बोलेका थिए ।
सभामा सचिव र कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मत पारित भएका छन् ।