कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा
प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै भइ सकेको छ । यसपाली देशको राजनैतिक उथलपुथल र दशै लगत्तै आएको बाढीका कारण घुम्ने फिर्ने हरुकालागी असहज परिस्थीति बन्यो । तैपनि नेपालीहरु समय को ब्यवस्थापन गरेर घुम्न चै निस्कीहाले । देशको परिस्थिति लाई देखाएर जतिकुरा गरे पनि नेपालका पर्यटकिय क्षेत्रहरुमा आउने भैपरि अवस्था ,सुत्ने होटल देखी लिएर सडक यातायातको ब्यवस्थापन निकै कमजोर रहेको पाईन्छ । पर्यटक लाई बस्नका लागी राम्रो सुविधा दिन नसक्ने र होटलहरु सबै बुक भएका कारण बिभिन्न जिल्लाका जिल्ला प्रशाशन कार्यालयले बिज्ञप्ती नै निकालेर पैदल यात्रामा ननिस्कन आग्रह गरे। यि यावत कुराहरुले नेपालको पर्यटन बिकासका लागी के के न गरेउ भन्नेहरुका लागी लाजमर्दो बिषय बनेको छ । पर्यटन बिकासका लागी पर्याप्त पुर्वाधार र सहजीकरणको ब्यव्स्था राज्यले गर्न नसकेको देखिन्छ । तै पनि स्थानिय तवरमा स्थानिय सरकार,सरोकारवालाहरु र होटल ब्यवसायीहरु मिलेर गरेको काम प्रर्याप्त देखिदैन । यर्थाथतामा भन्नु पर्दा देशको आर्थिक उन्नती र बिकासका लागी पर्यटन र पर्यटकीय पुर्वाधारको विकास हुन जरुरी छ ।
कास्कीको उत्तर पूर्वमा रहेको मादीगाउँपालिका अन्र्तगत खिलाङ गाउँ देखी करिव ४ ,५ घण्टाको पैदल यात्रामा पुगिन्छ ताराहिल टप(गोरु जुरे डाँडा) , केही उकालो र तेर्सो बाटो रहेका कारण पैदल यात्रा खासै कठीन छैन। गुराँसका जंगलै जंगल हिंड्दा प्रकृति संग समिपमै रहेको महशुश हुन्छ । समुन्द्री सतह देखी करिव २९०० मिटरको उचाईमा रहेको उक्त ठाउँ देखी अन्नपुर्ण हिमालयका सबै हिमाल र लमजुङ हिमाल देखी मनास्लु हिमश्रृंखला देख्न सकिन्छ । बिहानै सुर्योदय र बेलुका सुर्यास्तको दृश्य त मनै लोभ्याउने खालको देखिन्छ । कास्कीको मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिका को सिमानामा पर्ने यो ठाउँमा भुज्रुङखोला हुंदै घलेखर्क वाट करिव ६ घण्टामा पुग्न सकिन्छ । यस ठाउँमा बस्नको लागी २ वटा होटल र टेन्टहरु रहेका छन । पदयात्राका लागी खिलाङ ह’ंदै ताराहिलटप पुगेर घलेखर्क झर्न सकिन्छ भने भुज्रुङखोला बाट घलेखर्क हुंदै ताराहिलटप पुगेर खिलाङ सिक्लेस झर्न सकिन्छ । २ दिन एक रात वा २ रात ३ दिनको पदयात्राका लागी पोखरा देखी नजिक रहेको यो ठाउँ निकै नै उत्कृष्ट गन्तब्य रहेको छ ।
८ भाद्र,पोखरापोखरा क्षेत्रमा कार्यरत फोटोग्राफरहरुको साझा संस्था कैलाश बचत तथा ऋण सहकारी संस्था लि. ले भर्खरै सम्पन्न भएको अबिधेशन वाट पोखरा फोटोग्राफर संघको नव निर्वाचित कार्य समितिलाई स्वागत तथा...
Read More
कमल पौडेल अथक पोखरा २, बैशाख पोखरा ५ प्रस्र्याङमा रहेको शान्ति निकेतन स्कूलको नयाँ भवन शिलन्याश गरिएको छ । पोखराको धारापानी मार्गमा रहेको करिव ६ रोपनी क्षेत्रफलमा सो भवन...
Read More
काठमाडौँ,२२ पुष । चलचित्र ‘कौसिद’को चावहिलस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ । निर्देशक कुमार भास्कर, निर्माता केदार भुषालसहित ऋचा शर्माले पूजाआजा गरी फिल्मको शुभ मुहूर्त गरेका हुन । चलचित्रकर्मी...
Read More
काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलले सुकुम्बासीसँगको झडपमा घाइते भएका नगर प्रहरीलाई नर्भिक अस्पतालको आइसियूमा पुगेर भेटेका छन्। उनीहरू सोमबार साँझ...
Read More