कास्कीमा पदयात्राका लागी अर्को गन्तब्य , गोरु जुरे डाँडा(तारा हिल टप) फोटो फिचर
कार्तिक,पोखरा
प्रााकृतिक छटाले भरिएको स्वर्ग जस्तै देश नेपाल हो । नेपालका सबैजसो ठाउँहरु लोभलाग्दा र मनोमोहक रहेका छन, तेसै त बिश्व कै अग्लो हिमचुचुरो सगरमाथा भएको देश मनै हर्ने तराईका हरिया फाँटहरु ,पहाडी भुभागहरु र हिमाली भुभागहरु कसलाई पो घुम्न र रमाउन मन पर्दैन होला र । दशै तिहारको मेसो पारेर घुम्न निस्कने नेपालीहरुको बानीनै भइ सकेको छ । यसपाली देशको राजनैतिक उथलपुथल र दशै लगत्तै आएको बाढीका कारण घुम्ने फिर्ने हरुकालागी असहज परिस्थीति बन्यो । तैपनि नेपालीहरु समय को ब्यवस्थापन गरेर घुम्न चै निस्कीहाले । देशको परिस्थिति लाई देखाएर जतिकुरा गरे पनि नेपालका पर्यटकिय क्षेत्रहरुमा आउने भैपरि अवस्था ,सुत्ने होटल देखी लिएर सडक यातायातको ब्यवस्थापन निकै कमजोर रहेको पाईन्छ । पर्यटक लाई बस्नका लागी राम्रो सुविधा दिन नसक्ने र होटलहरु सबै बुक भएका कारण बिभिन्न जिल्लाका जिल्ला प्रशाशन कार्यालयले बिज्ञप्ती नै निकालेर पैदल यात्रामा ननिस्कन आग्रह गरे। यि यावत कुराहरुले नेपालको पर्यटन बिकासका लागी के के न गरेउ भन्नेहरुका लागी लाजमर्दो बिषय बनेको छ । पर्यटन बिकासका लागी पर्याप्त पुर्वाधार र सहजीकरणको ब्यव्स्था राज्यले गर्न नसकेको देखिन्छ । तै पनि स्थानिय तवरमा स्थानिय सरकार,सरोकारवालाहरु र होटल ब्यवसायीहरु मिलेर गरेको काम प्रर्याप्त देखिदैन । यर्थाथतामा भन्नु पर्दा देशको आर्थिक उन्नती र बिकासका लागी पर्यटन र पर्यटकीय पुर्वाधारको विकास हुन जरुरी छ ।
कास्कीको उत्तर पूर्वमा रहेको मादीगाउँपालिका अन्र्तगत खिलाङ गाउँ देखी करिव ४ ,५ घण्टाको पैदल यात्रामा पुगिन्छ ताराहिल टप(गोरु जुरे डाँडा) , केही उकालो र तेर्सो बाटो रहेका कारण पैदल यात्रा खासै कठीन छैन। गुराँसका जंगलै जंगल हिंड्दा प्रकृति संग समिपमै रहेको महशुश हुन्छ । समुन्द्री सतह देखी करिव २९०० मिटरको उचाईमा रहेको उक्त ठाउँ देखी अन्नपुर्ण हिमालयका सबै हिमाल र लमजुङ हिमाल देखी मनास्लु हिमश्रृंखला देख्न सकिन्छ । बिहानै सुर्योदय र बेलुका सुर्यास्तको दृश्य त मनै लोभ्याउने खालको देखिन्छ । कास्कीको मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिका को सिमानामा पर्ने यो ठाउँमा भुज्रुङखोला हुंदै घलेखर्क वाट करिव ६ घण्टामा पुग्न सकिन्छ । यस ठाउँमा बस्नको लागी २ वटा होटल र टेन्टहरु रहेका छन । पदयात्राका लागी खिलाङ ह’ंदै ताराहिलटप पुगेर घलेखर्क झर्न सकिन्छ भने भुज्रुङखोला बाट घलेखर्क हुंदै ताराहिलटप पुगेर खिलाङ सिक्लेस झर्न सकिन्छ । २ दिन एक रात वा २ रात ३ दिनको पदयात्राका लागी पोखरा देखी नजिक रहेको यो ठाउँ निकै नै उत्कृष्ट गन्तब्य रहेको छ ।
भाद्र २० पोखरा पोखरा फोटोग्राफर संघ पोखराले आयोजना गरेको ५ औं पोखरा फोटोग्राफी अन्र्तगत मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड बाट पोखराका फोटोपत्रकार प्रेम थापा सम्मानित भएका छन्। पोखरा फोटोग्राफर...
Read More
पोखरा, १८ भाद्र ।लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको सप्ताहव्यापी सचेतना कार्यक्रमको चौथो शृङ्खला पृथ्वीनारायण क्याम्पस गेट अगाडि सम्पन्न भएको छ ।कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव...
Read More
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द, म यहाँ तपाईंहरूसामू हिमालयमा रहेको एउटा टाढाको देश नेपालका तर्फबाट मानवतालाई नजिकैदेखि दिइरहेको चेतावनी लिएर आएको छु। आज म...
Read More
पोखरा । पोखरा १७ मा रहेको ड्याम साईड क्लबले नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको अवसरमा कार्तिक ६ गते आइतबार तिहार विशेष साँस्कृतिक साँझ गर्ने भएको छ ।खेलकुद, वातावरण, पर्यटनका...
Read More