पौष २५ गते २०७७

खानेपानी संस्थान कर्मचारी संघमा अनिल

पोखरा, २५ पुस ।
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्माले ट्रेड युनियनको नेतृत्व लिँदा आफूले दिनु पर्ने समयको ख्याल गर्न आग्रह गरेका छन् । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समिति पोखराको ७ औं अधिवेशन उद्घाटन गर्दै सामूहिक योजनामा जान सबै ट्रेड युनियन कर्मी एक हुन जरुरी रहेको बताए ।

कर्मचारी संघ इकाई समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मीको अध्यक्षतामा भएको सभामा श्रमिकलाई भ¥याङ बनाउने राजनीतिक दलको काम प्रति असन्तुस्ट व्यक्त गर्दै अध्यक्ष मुरारी शर्माले चर्का नारा लगाउने कम्युनिस्ट नेतृत्वले मजदुरलाई उचित व्यवस्थापन गर्न नसकेको उल्लेख गरे ।

कर्मचारी संघ इकाई समितिका सहसचिव भोजराज चापागाइँले सञ्चालन र सदस्य अनिल शर्माले स्वागत गरेको सभामा नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीले जनताको अपमान गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताए । अध्यक्ष भण्डारीले संस्थानमा कार्यरत करारका कर्मचारीको उचित व्यवस्थापन नगरेसम्म संस्थानले उपभोक्ताको हित गर्नै नसक्ने बताए ।