असाेज २६ गते २०८२

आहा कति राम्रो क्रपु डाँडा (फोटो फिचर)

असोज,पोखरा
शरद ऋतु तेसै त रमाईलो मौसम दशै र तिहारको लामो बिदा दशै सकिएपछि प्राय नेपालीहरु घुम्न निस्कने परम्पराको थालनी भएको छ । देशको पछिल्लो परिस्थिति र मौसमका कारणले गर्दा यसपाला पर्यटकहरुको तेति चलायमान नभएपनि निरासानै हुनुपर्ने अवस्था चाही नभएको स्थानिय पर्यटन ब्यवसायीहरु बताउछन । यतिबेला कास्की मुस्ताङ मनाङ बाग्लुङ म्याग्दी पर्वत का बिभिन्न हिमाली क्षेत्र र पर्यटकिय क्षेत्रमा आन्तरिक पर्यटकहरु घुम्नका लागी प्रशस्त गएको पाईन्छ । यतिबेला पोखराको उत्तर पुर्वमा रहेको ताङतिङ गाउँ हुदै क्रपु डाँडा घुम्न जानेको भिड नै लागेको छ ।

पर्यटकीय गाउँ ताङतिङ पुग्न पोखराबाट बसमा साढे २ घण्टा, जिपमा २ घण्टा र मोटरसाइकलमा साढे १ घण्टा लाग्छ । ताङतिङ मा होमस्टे र होटल संचालनमा छन् । केही वर्षयता आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएपछि पोखराबाट गाउँ फर्किएर स्थानीय युवाले होटलमा लगानी गरेका छन् । ताङतिङको उत्तरपूर्व शिरानमा छ क्रपु डाँडा । ताङतिङवाट क्रपुडाँडा पुग्न हिंडेर ४ देखी ५ घण्टा लाग्ने गर्दछ। क्रपु डाँडाबाट अन्नपूर्ण र मनास्लु हिमशृंखला, माछापुच्छ्रे लगायत दर्जनौं हिमाल छर्लंग देखिन्छ । आँखैअघि अंगालो हालौ जस्तै गरि हिमाल देख्न पाउनु पर्यटकका लागि मनमोहक रहेको कुरा बरिष्ठ कवि /साहित्यकार तिर्थ श्रेष्ठ बताउछन । पोखराका अग्रज समाजसेवी तथा ब्यवसायी अशोक पालीखे ले क्रपुडाँडामा पुगेपछि साँचचीकै देश स्वर्ग रहेको र सबैजनता मिलेर यसलाई संरक्षण तथा प्रर्वद्धन गर्नुपर्ने बताए ।

बेलाबेलामा हिमपहिरो खसेको समेत देख्न सकीने क्रपु डाँडाबाट पोखरा उपत्यका, लमजुङ, तनहुँ लगायत स्थानको दृश्यावलोकन गर्न सकिने कुरा साहित्यकार अमृत क्षेत्री ले बताए ।


पर्यटक बढ्न थालेपछि भने ताङतिङका स्थानीय युवाले क्रपु डाँडामा होटल तथा रेस्टुरेन्ट खोलेका छन् । तेहाँका होटलहरुमामा करिव ५० जनासम्म बस्न मिल्दछ भने आफै टेन्ट लिएर जानेहरुका लागी धर्मशालाको ब्यवस्था रहेको छ ।
तस्विरः अमृत क्षेत्री /यज्ञ अधिकारी