श्रावण ५ गते २०८२

काठमाडौँ फोटोग्राफर संघद्वारा AI सम्वन्धि कार्यशाला  सम्पन्न

काठमाडौं, ३ श्रावण २०८२
काठमाडौँ फोटोग्राफर संघ  ले”Learn the Power of AI in Photo Editing” नामक १ दिने बृहत कार्यशाला सम्पन्न गरेको छ कार्यशालामा प्रतिष्ठित फोटोग्राफरहरू, स्वतन्त्र पेसेवर (फ्रिलान्सर), स्टुडियो संचालक तथा फोटोप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। दियालो फुडल्याण्ड एण्ड ब्यान्क्वेट, बसुन्धरा मा सम्पन्न सो कार्यशालामा सहभागीहरूले Adobe Certified Expert K. Ganesh (भारत) ले एआई आधारित फोटो सम्पादनका आधुनिक प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण दिए।Face enhancement, background replacement, cinematic color grading जस्ता विषयमा गहिरो व्याख्यानका साथै सहभागीहरूले थोरै समयमै कसरी फोटोमा आश्चर्यजनक परिवर्तन ल्याउन सकिन्छ भन्ने प्रत्यक्ष आभास गरे । काठमाडौँ फोटोग्राफर संघ का अध्यक्ष श्री हरि प्रसाद घिमिरे ले सहभागी सबैलाई धन्यवाद दिंदै भन्नुभयो हाम्रो उद्धेश्य नेपाली फोटोग्राफी व्यवसायमा नवीनतम प्रविधिको ज्ञान पु¥याउने हो। यस कार्यशालाले त्यो यात्रालाई अझ सशक्त बनाएको बताए। फोटोग्राफरहरूलाई प्राविधिक सशक्तिकरणमार्फत् अन्तर्राष्ट्रिय स्तरमा लैजाने अभियानमा कटिबद्ध अध्यक्ष घिमिरेले बताए। सहभागीहरू अत्यन्त सन्तुष्ट देखिन्थे। धेरैले अब फोटो सम्पादनलाई आफ्नो व्यवसायिक सेवामा समावेश गर्ने योजना बनाएका छन्। केही युवा फोटोग्राफरहरूले यो कार्यशालालाई आफ्नो करियरमा गेम चेन्जरु भएको अनुभव समेत बताए । काठमाडौँ फोटोग्राफर संघले आगामी दिनमा यस्ता प्राविधिक कार्यशालाहरूलाई नियमितता दिने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रम Photo Concern को  सहयोग सम्पन्न भएको थियो। चन्द्रलाल राईको संयोजकत्वमा भएको कार्यक्रम स‌‍स्थाका सचिब रेशमराज पण्डितले सन्चालन गरेका थिए ।