फागुन १३ गते २०८१
ओडिसाबाट फर्केका विद्यार्थीलाई यतै भर्नाको ‘अफर’
फागुन १३ पोखरा ।
भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बाट फर्किएका नेपाली विद्यार्थीका लागि ‘क्रेडिट ट्रान्सफर’ को व्यवस्था गर्न सकिने प्रस्ताव नेपालका विश्वविद्यालयले अघि सारेका छन् ।
‘क्रेडिट ट्रान्सफर’ का माध्यमबाट अहिले अध्ययन गरिरहेको तहमै बाँकी पढाइ पूरा गर्न सक्ने गरी तयारी थालेको समेत विश्वविद्यालयले जनाएका छन् । तर, सरकारले ठोस निर्णय नलिँदा ‘क्रेडिट ट्रान्सफर’ को प्रक्रिया कस्तो हुन्छ भन्नेमा अन्योल छ ।
केआईआईटीमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु र नेपाली विद्यार्थीमाथि दुर्व्यवहारपछि सयौं विद्यार्थी स्वदेश फिरेको सरकारको अनुमान छ । ती विद्यार्थीले असुरक्षाका कारण केआईआईटीमा फर्कन मन नभएको बताएका छन् । शिक्षा, परराष्ट्र मन्त्रालयलगायत सरकारी निकायसँग भने केआईआईटीमा रहेका र नेपाल फर्किएका विद्यार्थीको संख्या र अवस्थाबारे यकिन तथ्यांकसमेत छैन । यस्तो बेला विश्वविद्यालयले फर्केका विद्यार्थीलाई स्वदेशमै अध्यापन गर्ने चाँजोपाँजो मिलाउने घोषणा गरेका हुन् ।