वैशाख ६ गते २०७८
गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र
कमल पौडेल अथक
पोखरा ६, बैशाख
सत्य निरुपण तथा मेलमिलाप आयोगले गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको छ ।
आयोगद्वारा सोमवार पोखरामा आयोजित छलफलमा आयोगका अध्यक्ष गणेशदत्त भट्टले प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको जानकारी दिएका हुन् । आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने तयारी समेत गरेको छ ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा दर्ता भएको जानकारी दिए ।
आयोगमा जिम्मेवारी पाएसँगै निरन्तर काम गरेकोे बताउँदै उनले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा असर पारेको बताए । आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको बताउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने विश्वास दिलाएका छन् ।
द्वन्द्वपीडितलाई परिचयपत्र प्रदान गर्ने प्रक्रिया थालिएको बताउँदै उनले उक्त परिचयपत्रका आधारमा राज्यबाट प्रदान गरिने सेवा सुविधाको सुनिश्चितताका लागि पनि पहल गरिएको स्पष्ट पारेका छन् । भट्टका अनुसार गण्डकी प्रदेशमा हालसम्म ३४ जनालाई परिचयपत्र प्रदान गरिएको छ ।
आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानविन गर्दै किनारा लगाउनेतर्फ आयोग कृयाशील रहेको जानकारी दिएकी छन् ।
आयोगका सचिव तोयानाथ अधिकारीले द्वन्द्व पीडितले न्याय पाउने कुरामा आयोग सजग र सचेत रहेको बताउँदै प्राप्त उजुरीका आधारमा आवश्यक छानविन सहित निष्कर्षमा पुगिने बताए ।
उक्त अवसरमा द्वन्द्व पीडितका तर्फबाट कृष्णप्रसाद पराजुली, णनाथ बराल र सुमित्रा केसीले द्वन्द्वकालिन समयमा परिवारका सदस्य गुमाउनुपरेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको बताउँदै आँफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराएका छन् ।