मंसिर २३ गते २०७९

आत्रेय गोत्रिय पौडेलको कुलपूजा सम्पन्न

पोखरा, २३ मङ्सिर
कास्कीको पोखरा महानगरपालिका वडा नं २५ हेमजा मुल थलो भएका आत्रेय गोत्रिय पौडेलहरूको कूलपूजा धान्य पूर्णिमाको दिन भव्य रुपमा सम्पन्न भएको छ ।
प्रत्येक तिन वर्षको अन्तरालमा हुने कुलपूजामा हेमजा मूल थलो भई बिभिन्न स्थानमा गई बसेका तथा बिभिन्न सेवा, पेशा र व्यवसाय लगायतका कारणबाट हाल स्वदेश तथा विदेशका विभिन्न भागमा बस्दै आएका १९० घरकुरिया यसपटकको कुलपूजामा सहभागी बनेको पौडेल कुल संरक्षण समितिका अध्यक्ष  देवकृष्ण पौडेलले जानकारी दिनुभयो ।

 

पौडेल बन्धुहरुको जुम्लाको सिंजाको पौडी उद्गम स्थल भएको र बसाई सराई गर्दै हेमजाको तिब्रेकोटमा दत्तात्रय ऋषिको मन्दिर स्थापना गरी हेमजामा बसोबास गरेको पाइन्छ हेमजा लाई नेपालभरीकै पौडेलहरुको दोस्रो बसाई स्थान को रुपमा लिने गरिन्छ । यहाँ पौडेलहरुको कुल मन्दिरमा प्राकृतिक गुफा रहेको छ । यस गुफाको धार्मिक तथा ऐतिहासिक महत्व रहेको कुरा प्राध्यापक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
कुल संरक्षणसमितिका अध्यक्ष देवकृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गत बर्षको प्रगती बिवरण साथै आय ब्यय प्रस्तुत गर्र्दै हाल सम्म ८ लाख ८७ हजार रुपैया बचत भएको कोषाध्यक्ष सिता पौडेलले बताउनु भयो। कार्यक्रम संचालन समितिका सचिव बिश्वराज पौडेलले गर्नुभएको थियो ।