फोटोग्राफर संघ गण्डकी प्रदेशको गत मंसिर १ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिबेशन वाट निर्वाचित कार्यसमितिले शनिवार पदभार ग्रहण गरेका छन। फोटोग्राफर संघ गण्डकी प्रदेशका सल्लाहकार तथा निर्वाचन समिति संयोजक गणेश छविले निर्वाचित सदस्यलाई प्रमाण पत्र प्रदान गरि पदस्थापना गराएका थिए । निर्वाचन समितिमा रेडियो सराङकोटका समाचार प्रमुख कमल प्रसाद पौडेल अथक र नेपाल फोटोग्राफर महासंघका बरिष्ठ उपाध्यक्ष श्रीराम कंडेल रहेका थिए । कार्यक्रममा निवर्तमान अध्यक्ष दुर्गा प्रसाद पौडेल ले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै फोटोग्राफर हरुको पहिलो प्रदेश संघ गठन गर्नमा सहयोग पुर्याउने संस्थापक सदस्यहरु तथा जिल्ला संघहरुलाई धन्यवाद ब्यक्त गरे । कार्यक्रममा पूर्व सचिव तुलसीरा सुवेदी ले महासचिव प्रेम प्रसाद पराजुलीलाई माइन्यूट तथा पूर्व कोषाध्यक्ष जिवन ढुंगानाले वर्तमान कोषध्यक्ष रामचन्द्र पोख्रेल लाई कोषका हिसाव किताव हरुतान्तरण गरे । निर्वाचन सदस्य कमल प्रसाद पौडेल अथक ले संचालन गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण बहादुर के.सी.ले आफ्ना भावि योजना प्रस्तुत गरे भने निर्वाचन संयोजक गणेश छविको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । फोटोग्राफर संघ प्रदेश समितिका नव निर्वाचितहरुअध्यक्ष नारायण बहादुर के.सी (पर्वत)वरिष्ठ उपाध्यक्ष तुलसीराम सुवेदी(कास्की)प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठ(तनहुं)द्धितिय उपाध्यक्ष जिवन ढुंगाना(कास्की)तृतिय उपाध्यक्ष घनश्याम पौडेल(कास्की)महासचिव प्रेम प्रसाद पराजुली(स्याङजा)सचिव नारायण गौतम (बाग्लुङ)कोषाध्यक्ष रामचन्द्र पोख्रेल(कास्की)सहकोषाध्यक्ष सुरेश रेग्मी(पर्वत)सदस्य राममणि पौडेल(कास्की)
सदस्यहरुमा प्रदीप पाठक (स्याङजा) गणेश गैह्रे(नवलपुर)आत्माराम पौडेल(बाग्लुङ) बिकास खाँड(स्याङजा)राजन अधिकारी(नवलपुर) रहेका छन्।
पोखरा ५, माघ विश्व कीर्तिमानी कायम गरेका खगेन्द्र थापा मगरको प्रथम स्मृति सभा सम्पन्न गरिएको छ । कीर्तिमानी खगेन्द्रले २०६७ सालमा विश्वकै होँचा व्यक्तिका रुपमा गिनिज वुक अफ वल्र्ड...
Read More
पोखरा ९, भदौंगण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले बृद्धाश्रममा पुर्याउनेप्रबृतिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा १७ मा रहेको पोखरा बृद्धाश्रमको विहिबार सम्पन्नभएको २५ औं...
Read More
माध्यामिक शिक्षा परीक्षा ९एसइई० को २०८० को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहिबार बिहान नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजाअनुसार ४७।८६ प्रतिशतमात्रै विध्यार्थी...
Read More