गण्डकीका मुख्यमन्त्री पाण्डे संगै दुई मन्त्रीले लिए शपथ
पोखरा,जेठ
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो पटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । अर्थशास्त्रमा स्नातकोत्तर र पर्यटनमा विद्यावारिधि गरेका गुरुङले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएका छन ।
गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका उपनेता थापा प्रदेशसभाको अघिल्लो कार्यकालमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको मन्त्रिपरिषदमा कानुन मन्त्री बनेका थिए ।
कास्की, ०१ माघ । पोखरामा जहाज दुर्घटना भएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान आइतबार बिहान पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा दुर्घटना भएको नेपाल नागरिक...
Read More
आइतबार, ४ फागुन २०८१ पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा गृह मन्त्रालयले छानबिन समिति बनाएको छ।...
Read More
कमल पौडेल अथकपोखरा ११, जेठपोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी भएका छन् ।आचार्य नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित गर्दै विजयी...
Read More